Like us!
Follow us!
Connect us!
Watch us!

टाटा समुहबाट एक्कासी निकालिए अध्यक्ष मिस्त्री, भारतको सबैभन्दा ठूलो कम्पनीमा टाटा फेरि अध्यक्ष

बुधबार, १० कार्तिक २०७३, १५ : ५६ मा प्रकाशित

टाटा समुहबाट एक्कासी निकालिए अध्यक्ष मिस्त्री, भारतको सबैभन्दा ठूलो कम्पनीमा टाटा फेरि अध्यक्ष

एजेन्सी

मुुम्बई–टाटा ग्रुपका अध्यक्षबाट हटाइएपछि साइरस मिस्त्रीलाई हटाइएपछि भारतमा नयाँ तरंग आएको छ । भारतको सबैभन्दा बढी कारोबार गर्ने कम्पनी टाटा संसले मिस्त्रीलाई अध्यक्षबाट सोमबार हटाएको थियो । छनौट समितिले चार महीनाका लागि पहिलेका अध्यक्ष रतन टाटालाई अंतरिम अधयक्ष नियुक्त गरेको छ । अब नया अध्यक्ष को हुनेछ, यसको फैसला गर्नका लागि एक समिति बनाइएको छ ।

ग्रुपका अध्यक्ष पदबाट हटाइएपछि मिस्त्रीले टाटा को प्रमुख कंपनिहरु टाटा मोटर्स, टाटा स्टील, टीसीएस, इंडियन होटल्स, टाटा ग्लोबल बेभरेजेज र टाटा पावरको अध्यक्ष पनि छाड्नु परेको छ । परंपरागत रूपमा टाटा संसको अध्यक्ष सबै प्रमुख समूहका प्रमुख हुन्छन् । यद्यपि अझै स्पष्ट भएको छैन कि उनलाई कसरी बाहिर पठाइने छ । मिस्त्री परिवारका लागि भने यो ठूलो झट्का हो । 

मिस्त्री परिवारको टाटामा करिब १६ देखि १८ प्रतिशत सेयर छ । जुले उनलाई सबैभन्दा ठूलो व्यक्तिगत शेयरधनी बनाउँछ । उनी गैर-टाटा शेयरधनी पनि हुन् । यसै बीच अध्यक्ष पदबाट हटाइएपछि रिसाएका मिस्त्री ले अदालत जाने निर्णय गरेको भारतीय संचार माध्यमले जनाएका छन् । टाटा संसले मिस्त्रीलाई हटाउनुको कारण बताएका छैनन् । 

मिस्त्रीलाई सन २०११ मा कंपनीका अध्यक्ष रतन टाटाको उत्तराधिकारी चुनिएको थियो । त्यसअघि उनलाई उपाध्यक्ष बनाइएको थियो । टाटा संसको अध्यक्षमा मिस्त्रीको चुनाव पांच सदस्यीय एक समितिले गरेको थियो । मिस्त्रीले रतन टाटाको ७५ वर्षको उमेरमा उनी सेवानिवृत्त भएपछि डिसेंबर १२ मा अध्यक्ष पद सम्हालेका थिए । मिस्त्री सन् २००६ मा टाटा संसको बोर्डमा सामेल भएका थिए । कंपनीका सबैभन्दा ठूलो सेयर भएका शापूरजी पालोनजीले कंपनीको अध्यक्ष पदमा मिस्त्रीको नाम सिफारिश गरेका थिए । 

आफूलाई हटाइएपछि मिस्त्रीले टाटा बोर्डलाई ईमेल पठाएर यसरी हटाइएकोमा आफू आश्चर्यमा परेको बताएका छन् । उनले आफ्नो कुरा राख्न नदिइएको गुनासो गरेका छन् । उनले बोर्डले आफ्नो इज्जत अनुसारको काम नगरको पनि बताएका छन् । बोर्ड मिटिङमा उनले आफूलाई हटाउने कुरा गैरकानुनी हुने बताएका थिए । 

रतन टाटाले मिस्त्रीलाई एक दिन अध्यक्षबाट हटाउनु पर्छ भनेर सोचेकै थिएनन् । टाटा आफैंले यसबारेमा मिस्त्रीसँग कुरा गरेको बताइएको छ । उनले बोर्डका अधिकांश सदस्यको चाहनाअनुसार स्वेच्छाले पद छाड्न मिस्त्रीलाई भनेका थिए । मिस्त्री यसका लागि तयार भएनन् । 

मिस्त्रीलाई अध्यक्षबाट हटाउनुको कुनै ठोस कारण बताइएको छैन । मिस्त्रीले मुनाफा कमाउने कम्पनीमा मात्रै आफूलाई केन्द्रीत गरेका थिए । टाटाका कम्पनीहरु कैयौं कानुनी झमेलामा फसेकाले बोर्ड सदस्यहरु मिस्त्रीसँग खुसी थिएनन् । 

मिस्त्रीलाई हटाएपछि ७८ बर्षका रतन टाटा चार महिनाका लागि अन्तरिम अध्यक्ष चयन भएका छन् । टाटा ग्रुपको १४८ बर्षको इतिहासमा कुनै पनि अध्यक्षलाई हटाइएको यो पहिलो हो । मिस्त्रीलाई हटाउनुअघि  १५ दिनको नोटिस दिनुपथ्र्यो । जुन दिइएको छैन । यसैले सबैले कानुनी लडाईं सुरु हुने अड्काल काटेका छन् । 

टाटा समूहले पहिल्यै कतिपय दिग्गज वकिलसँग सल्लाह गरेरै मिस्त्रीलाई निस्कासन गर्ने फैसला गरेको थियो । 

टाटा समूहले मंगलवार विहान सुप्रीम कोर्ट, मुंबई हाई कोर्ट र कंपनी ल बोर्डमा एक साथ रिट दायर गरेको छ । समूहले पूर्वअध्यक्ष मिस्त्रीलाई गरिएको निस्कासनलाई लिएर कुनै मुद्दामा सुनुवाइ गर्नुअघि कम्पनीका कुरा सुन्नुपर्ने उक्त रिटमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको