Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाले नेपालीलाई दिएको भूकम्प प्रभावित सुविधा थप्यो, अबैध बसेकाले थप डेढ बर्ष बैधता पाउने

बुधबार, १० कार्तिक २०७३, १४ : २९ मा प्रकाशित

अमेरिकाले नेपालीलाई दिएको भूकम्प प्रभावित सुविधा थप्यो, अबैध बसेकाले थप डेढ बर्ष बैधता पाउने

अर्थ संसार

काठमाडौं–अमेरिकाले नेपालमा गएको महाभूकम्प गएपछि अमेरिकामा अबैध रुपमा बसिरहेकाहरुलाई दिएको अस्थायी सुरक्षा (टेम्पोररी प्रोटेक्सन स्ट्याटस–टिपिएस) सुविधा आगामी डेढ बर्षका लागि बढाएको छ । यस्तो सुविधा पाउने नेपालीले अमेरिकामा अबैध रुपमा बसेको भए पनि बैध रुपमा बस्नेहरुले जत्तिकै सुविधा पाउँछन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१६ को डिसेम्बर २५ बाट लागु हुनेगरी टीपीएसको अबधि सन् २०१८ को जुन २४ सम्मका लागि थपेको हो । अमेरिकी सरकारले यसअघि डिसेम्बर २४ सम्मका लागि यस्तो सुविधा दिएको थियो ।  पहिले टीपीएसका लागि आवेदन नदिएका नेपाली वा अमेरिका आउनुअगाडि नेपालमा बसेकाहरुले पनि मापदण्ड पूरा गरेर टीपीएसका लागि पुन आवेदन दिनसक्ने जनाइएको छ । त्यसका लागि बिलम्ब हुनुको कारणबारे कम्तीमा एउटा मापदण्ड पूरा गरेको हुनुपर्ने छ । यस्तै सन् २०१५ को जुन २४ देखि अमेरिकामा बस्दै आएको हुनुपर्ने छ ।

बिलम्ब फाइलका लागि स्वेच्छिक डिपोर्टका लागि अनुमति दिइएको वा डिपोर्ट हुनबाट उन्मुक्ति दिइएको अवस्था वा स्टेटस परिवर्तन, एड्जस्टमेन्ट, शरणार्थीका लागि आवेदन दिएको वा पेरोलीका रुपमा रहेको वा रिपरोलको अनुरोध पेन्डिङ अवस्थामा रहेको वा दम्पत्ति टीपीएका लागि योग्य रहेकोलगायतका मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१६ को डिसेम्बर २४ मा अवधि सकिएका वर्क परमिट ६ महिनाका लागि स्वत रिन्यु गर्ने र त्यसको अवधि सन् २०१७ को जुन २४ सम्म पुर्याइने जनाएको छ । अक्टोबर २६ को ६० दिनभित्रै टीपीएसका लागि आफूलाई पुन दर्ता गर्नुपर्ने छ । वर्क परमिटको अवधी समाप्त हुँदासम्म नकुरेर ६० दिनको अवधिभित्रै पुन दर्ता गराउन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अनुरोधसमेत गरेको छ ।

टिपिएसका लागि दिएको आवेदन स्वीकृत भए अमेरिकामा वर्क परमिट नभएर अबैध रुपमा काम गरिरहेका, भिसा अबधि सकिएकाले समेत वर्क पर्मिट पाउने छन् । उनीहरु यात्रा अनुमतिपत्र लिएर नेपालमा आफ्ना परिवारलाई भेट्न जानसमेत पाउने छन् । टीपीएस सुविधा पाएकाहरुलाई अमेरिकाले डिपोर्ट गरेर फर्काउन सक्दैन । त्यस्तै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भिसा सकिएकै आधारमा धरपकड गर्न सक्दैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको