Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको सीईओले दिए राजिनामा

सोमबार, १९ असार २०७४, १६ : २४ मा प्रकाशित

बैंक अफ काठमाण्डूको सीईओले  दिए राजिनामा

अर्थ संसार, काठमाडौं– बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले राजिनामा दिएका छन् । बैंक संचालकसँगको दूरी बढेपछि उनले  राजिनामा दिएका हुन् ।

श्रेष्ठले  यहि असार मसान्तबाट लागू हुनेगरी बैंक संचालक समक्ष राजिनामा दिएका हुन् । श्रेष्ठको  दोस्रो कार्यकाल २०७४ फागुनमा सकिँदैछ ।

बैंक व्यवस्थापनबीच सीइओ परिवर्तनको सम्बन्धमा छलफल चलिरहँदा उनले राजिनामा दिएका हुन् । अब नयाँ को आउँने हो त्यो भने केही दिनमा थाहा हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको