Like us!
Follow us!
Connect us!
Watch us!

दोलखामा बिमा अभिकर्ता तालिम सम्पन्न

सोमबार, १२ असार २०७४, २० : ४२ मा प्रकाशित

दोलखामा बिमा  अभिकर्ता तालिम सम्पन्न

अर्थ संसार, दोलखा –बिमा समिति र कृषि विकास कार्यालय दोलखाको संयुक्त आयोजनामा एकदिने बिमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले बिमासम्बन्धी कानुनी व्यवस्था, बिमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । उहाँले अभिकर्ताको काम कर्तव्य र अधिकार र जिम्मेदारीको विषयमा प्रकाश पार्नुभयो ।

अभिकर्ताले कहिल्यै पनि गलत सूचना दिने र विमकलाई घाटा हुने काम गर्नु हुँदैन उहाँले भन्नुभयो । कार्यक्रममा झण्डै ६५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । यसप्रकारको कार्यक्रम बिमा समिति संलग्न भएर गरेको दशौं रहेको समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले बताउनुभयो ।

पछिल्लो पटक कृषि विकास मन्त्रालयले वाली तथा पशुपंक्षी बीमालाई समितिको समन्वयमा हरेक जिल्लामा यस किसिमको अभिकर्तासम्बन्धी तालिम दिँदैआएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको