Like us!
Follow us!
Connect us!
Watch us!

पुजा बगरीयाको पिबिजे अब काठमाण्डौमा

सोमबार, १२ असार २०७४, २० : २६ मा प्रकाशित

पुजा बगरीयाको पिबिजे अब  काठमाण्डौमा

अर्थ संसार, कामठाडौं–बैङ्गलोर इण्डियामा रहेको एक प्रख्यात डिजाइन स्टुडियो  पुजा बगरीयाको पिबिजे  अब नागपोखरी काठमाण्डुमा पनि आएको छ । सोमबार लन्च गरिएको यो डिजाइन स्टुडियोमा थुप्रै मिडियाहरुको पनि उपस्थिति थियो  ।

पिबिजे ब्रान्ड की डिजाइनर पुजा बगरीया र कम्पनिका निर्देशक प्रियम ए बगरीबाट रिवन काटी कार्यक्रमउद्घाटन गरिएको थियो ।कार्यक्रममा डिजाइनर पुजा बगरिया ले फ्यासनको विषयमा पनि कुरा गर्नुभयो । जसले कार्यक्रम निक्कै रोचक बनाएको थियो ।

पिबिजे इण्डियाका मसहुर कलाकारहरु जस्तै विध्या बालन, अमृता राव, सानाखान, डेजीशाह, डेविना बोनर्जी, मुग्धा घोड्से र अन्य महाराष्ट्रियन नायिकाहरु जस्तै अमृता खान भिलकर, अनिसा अम्ब्रोज र थुप्रै कलाकारहरुलाई आफ्नो पहिरनमा सजाइसकेको छ ।

पुजा बगरीको पिबिजे इण्डियाभरी स्टाइलिस र ट्रेन्डी पहिरन स्वरुप चिनिन्छ । सन् २०१२ मा पुजा बगरिया नाममा लन्च गरिएको डिजाइन स्टुडियो केही बर्ष यता बाट पुजा बगरी झुनझनुबालाको नामले चिनिन्छ, जुन अहिले बैगलोरमै रहेको छ ।

 

59511f295c810.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको