Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत लगानी तथा विकास कम्पनीको नाफा ४५ करोड

सोमबार, १२ असार २०७४, १९ : ४१ मा प्रकाशित

जलविद्युत लगानी तथा विकास कम्पनीको नाफा ४५ करोड

अर्थ संसार,काठमाडौँ–जलविद्युत लगानी तथा विकास कम्पनीले चालु आर्थिक वर्षमा ४५ करोड नाफा कमाएको छ ।

कम्पनीले विभिन्न बैंकमा जम्मा गरेको निक्षेप र जलविद्युत आयोजनामा गरेको लगानीबाट प्राप्त ब्याजलाई नाफाका रुपमा उल्लेख गरेको हो ।

कम्पनीले कृषि विकास बैंक, बैंक अफ काठमान्डू, सिभिल बैंकलगायत दुई दर्जनभन्दा बढी वित्तीय संस्थामा मुद्दतिमा रकम जम्मा गरेको छ ।

कम्पनीले गत आव अर्थात २०७२÷७३ मा रु २५ करोड ४० लाख मुनाफा कमाएको थियो । यस्तै, आव २०७१÷७२ मा रु ३३ करोड ८८ लाख मुनाफा कमाएको थियो ।

गत आवको तुलनामा अघिल्लो आवमा रु ८ करोड ४७ लाख बढी नाफा आर्जन गरेको कम्पनीले जानकारी दिएको छ ।

ब्याजबाट प्राप्त नाफा रकममध्ये कम्पनीले गत आवमा पाँच प्रतिशत  र अघिल्लो आवमा ६ प्रतिशत नगद लाभांश बाँडेको थियो ।

आगामी आवदेखि लाभांश बढाएर १० प्रतिशत पु¥याउने तयारी गरिएको छ । कम्पनीको चुक्ता पुँजी रु ८ अर्ब रहेकोमा गत आवमा रु २ अर्बको साधारण सेयर जारी गरी रु १० अर्ब पु¥याएको थियो ।

कम्पनीले हालसम्म  १२ जलविद्युत आयोजनामा रु ५ अर्ब ३८ करोड ६१ लाख ऋण लगानी गर्ने जनाएको छ ।/l

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको