Like us!
Follow us!
Connect us!
Watch us!

युनिक हाइडेलले आपिओ बाड्दै

सोमबार, १२ असार २०७४, १६ : १६ मा प्रकाशित

युनिक हाइडेलले आपिओ बाड्दै

अर्थ संसार,काठमाडौं –युनिक हाइडेल कम्पनी लिमिटेडले सिन्धुपाल्चोकका प्रभावित बासिन्दालाई साधारण सेयर प्रदान गर्ने भएको छ ।

पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाको लागि आयोजनाले रु ५ करोड ५० लाख बराबरको साधारण सेयर जारी गर्ने भएको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि करिब रु १६ करोड ५० लाख बराबरको सेयर जारी गर्नेछ ।

कम्पनीको हाल ४.२ मेगावाटको बराम्ची खोला जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । सिन्धुपाल्चोकमा रहेको यो आयोजनाको यसअघिको उत्पादन क्षमता १ मेगावाट रहेको थियो ।

२०६७ कात्तिकमा आयोजनाको स्तरोन्नती भएर व्यवसायिक उत्पादन सुरु भएको थियो ।कम्पनी सन् २००० बाट सञ्चालनमा आएको हो । हाल कम्पनीको ७ संस्थापक सेयर लगानीकर्ता रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको