Like us!
Follow us!
Connect us!
Watch us!
इपान भन्यो –प्राधिकरणले ध्यान दिएन

पाँच हजार मेगावाट क्षमताका आयोजना पिपिएको प्रतिक्षामा

सोमबार, १२ असार २०७४, १३ : ४१ मा प्रकाशित

पाँच हजार मेगावाट क्षमताका आयोजना पिपिएको प्रतिक्षामा

अर्थ संसार,काठमाडौँ– सरकारले आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिरहेको बेला नेपाल विद्युत् प्राधिकरणमा के कति क्षमताका आयोजना विद्युत् खरिद सम्झौताको प्रतिक्षामा होलान् अनुमान गर्नुस् त ।

प्राधिकरणकाअनुसार निजी क्षेत्रले निर्माण गर्ने ५ हजार मेगावाट बराबरका जलविद्युत आयोजना विद्युत खरिद सम्झौताको प्रतिक्षामा रहेका छन् ।२५ मेगावाटभन्दा ठूला, मझौला र साना गरी निजी क्षेत्रका कूल ९३ आयोजनाले पिपिएका लागि प्राधिकरणमा आवेदन दिएका हुन् ।

आवेदन दिएका आयोजना पिपिएको विभिन्न चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।पछिल्लो समय जलविद्युत विकासमा निजी क्षेत्रको आगमन उत्साहजनक रहेको छ ।प्रसारण लाइन निर्माणको टुंगो लागेका आयोजनाको प्रक्रिया पु¥याएर  प्राधिकरणले क्रमशः पिपिए गर्दै जान जनाएको छ ।

प्राधिकरणका अनुसार पिपिएका लागि लाइनमा रहेका २५ मेगावाट माथिका २ हजार ३ सय ८ मेगावाटका १७ आयोजना छन् । यस्तै, २५ मेगावाटभन्दा साना २१२ मेगावाट क्षमताका आयोजना छन् ।निर्माण सुरु भएका १०५ मेगावाट क्षमताका ८ आयोजनाले सम्झौता नविकरणका लागि पुनः आवेदन दिएका छन् । ती आयोजनाले क्षमता बढाएकाले बढेको क्षमताको पिपिए गर्न आवेदन दिएको छ ।

यसैगरी, १ हजार २८५ मेगावाटका २६ आयोजनाका प्रवद्र्धकले प्रसारण लाइन सम्झौताका लागि प्राधिकरणमा प्रस्ताव गरेका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) ले पाँच हजार मेगावाट क्षमताका आयोजना विदूत् खरिद सम्झौताको प्रतिक्षामा रहेको र नौ हजार मेगावाट क्षमताका आयोजना निवेदन दिने चरणमा पुगेको जनाएको छ । इपानले प्राधिकरणले सम्झौताका लागि ध्यान नदिएको गुनासो गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको