Like us!
Follow us!
Connect us!
Watch us!

केन्टकीमा फेना को रक्तदान कार्यक्रम सम्पन्न

सोमबार, १२ असार २०७४, ११ : ०५ मा प्रकाशित

केन्टकीमा फेना  को रक्तदान कार्यक्रम सम्पन्न

अर्थ संसार, अमेरीकी राज्य केन्टकी स्थित लेक्सिङ्गटन शहरमा आज जुन २४, २०१७ मा करीव ३० जना नेपालीहरुले रक्तदान गरि रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 Forum of Nepalese in America (FONA) नामक नेपाली समुदायको संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो । स्थापना काल देखि विभिन्न किसिमका सामाजिक कार्यमा योगदान पु¥याउदै आइरहेको यस संस्थाको आजको कार्यक्रमा केन्टकी राज्यको ब्लड सेन्टर (KBC) ले सहकार्य गरेको थियो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष्य राम प्रसाद खनाल, उपाध्याक्ष्य प्रथम बाबुराम अधिकारी, दोस्रो नवीन तिवारी लगायत संस्थामा आवद्ध करीव ३० जना सदस्यहरु द्वारा रक्तदान गरिएको थियो । अमेरिकामा करीव ३ वर्ष वसोवास गरी वसेका विदेशी नागरिकहरुले मात्र रक्तदान गर्न पाउने प्रावधान रहेको र यसको प्राविधिक सहयोग केन्टकी ब्लड सेन्टरको रहेको थियो ।

रक्तदान जीवनदान हो भन्ने मुल उद्धेश्यका साथ आयोजना गरेको उक्त कार्यक्रममा नेपाली समुदायको उलेख्य उपस्थिती र सामाजिक कार्य प्रति केन्टकी ब्लड सेन्टरले प्रशंसा समेत गरेको थियो । केन्टकी प्रवेश गर्ने हरेक दाजुभाई दिदीबहीनीहरुलाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउने उद्धेश्यले उक्त संस्थाले नेपालीहरुलाई रोजगारी लगाएतको विषयलाई ध्यान दिदै आएको यस संस्थाको विशेष पहलमा सोही कार्यक्रममा केन्टकीको नेपालीहरुको लागि प्रमुख रोजगारदाता कम्पनी Amazon .com को नेतृत्व टोलीलाई समेत उपस्थित गराएको थियो ।

उक्त टोलीले जती पनि काम गर्न इच्छुक नेपालीहरुलाई सहज माध्यमबाट रोजगार उपलब्ध गराएको थियो । अंग्रेजी भाषामा समस्या हरेका नेपालीहरुलाई पनि भाषाको ज्ञान गराई रोजगार दिने प्रतिबद्धता समेत उक्त अधिकारीहरुले जनाएका थिए ।

सोही कार्यक्रममै ब्mबशयल मै काम गरिरहेका नेपालीहरुको विभिन्न समस्याको समाधान गर्दै करिव १५ जनालाई आज रोजगारको अवसर प्रदान गरेको थियो । विदेशमा रहेर पनि नेपालीहरुको सामाजिक कार्य प्रतिको रुची र चासो प्रति ब्mबशयल।अयm कम्पनीका नेतृत्व टोलीले प्रसंशा समेत गरेका थिए । समाचार लेखन संकलन पत्रकार राजन कंन्डेल (लेक्सिङ्गटन , अमेरिकाबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको