Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व संकलन ३८ प्रतिशतले वृद्धि, ४१ अर्ब ३७ करोड संकलन

मंगलबार, ०९ कार्तिक २०७३, १४ : ४१ मा प्रकाशित

राजस्व संकलन ३८ प्रतिशतले वृद्धि, ४१ अर्ब ३७ करोड संकलन

अर्थ संसार
काठमाडौं–आर्थिक वर्ष २०७३/०७४ असोज मसान्तसम्मको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ असोज महिनासम्म ४१ अर्व ३७ करोड २८ लाख ६९ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ । यस्तो प्रगति लक्ष्यको तुलनामा १०३ प्रतिशत रहेको विभागको दावी छ । सरकारले यस अबधिमा राजस्व संकलनको लक्ष्य ४० अर्व २८ करोड ५५ लाख १९ हजार लिएको थियो । 

शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ १७ अर्व १६ करोड ७२ लाख ३३ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर १४ अर्व ५७ करोड १ लाख ८७ हजार रुपैयाँ र अन्तःशुल्क तर्फ ९ अर्व २२ करोड ४३ हजार रुपैयाँ संकलन भएको छ । उक्त रकम लक्ष्यको तुलनामा आयकरतर्फ ११० प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ १०२ प्रतिशत र अन्तशुल्कतर्फ ९३ प्रतिशत हो । 

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १७ करोड ३७ लाख ६८ हजार र २४ करोड १६ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ९६ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ८३ प्रतिशत संकलन भएको विभागले जनाएको छ । गत वर्षको तुलनामा आयकर वृद्धि दर १३८ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धि दर १२३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १६८ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धि दर १२९ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धि दर १३३ प्रतिशत रहेको छ । 
 

580f22473284a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको