Like us!
Follow us!
Connect us!
Watch us!

खाने हो पानी पुरी ? काठमाडौंमा लोकप्रिय बन्दै

आइतबार, ११ असार २०७४, १७ : ०४ मा प्रकाशित

खाने हो पानी पुरी ? काठमाडौंमा लोकप्रिय बन्दै

दिनिता लामिछाने
काठमाडौं – पछिल्लो समय पानीपुरी र चट्पटे युवायुवतीहरुको चलन चल्तीको खाजा भएको छ । सस्तो, मिठो र सजिलै पाउन सकिने भएकाले यसको लोकप्रियता बढ्दो छ । माग बढ्दै गएपछि काठमाडौंका गल्लीगल्लीमा यसको ब्यसाय गर्नेको भिड देखिन्छ । ठेलामा जताततै पानी पुरी उपलब्ध हुन्छ ।

पानीपुरी र चट्पटे स्कुले केटाकेटीको पनि प्रिय खाजा भएको छ । बजारमा तयारी अबस्थाको पानीपुरी पनि किन्न पाइन्छ । यसलाई घरमा लगेर तारेर परिवारका सदस्यलाई खुवाउन सकिन्छ । पानीपुरीसँगै पानीमा मिसाइने मसलासमेत बजारमा उपलब्ध छ ।

पानीपुरी चट्पटे कसरी बन्नाइन्छ ? एकछिन पेप्सीकोलाका पानीपुरी बेच्दै आएका धनकुटा घर भएका पुर्ण लिम्बुलाई भेटौं । गर्मी बढेको छ । उनको पसलमा खान आउनेहरुको  यतिखेर निकै भिड बढ्न थालेको छ ।

पानीपुरी बनाउनका लागि उनी बेलुकै सुजी र मैदा मिसाएको पिठो भिजाउछन् । बिहान उठेपछि त्यही पिठोलाई साना डल्ला बनाएर रोटीको आकारमा बेल्छन् । त्यसलाई तताएको तेलमा डुवाएर फुलाइने लिम्बू बताउछन् ।

उनका एक छोरा र एक छोरी छन् । दिउँसो विद्यालय पढ्न जाने उनीहरु बिहानबेलुका लिम्बूलाई सघाउँछन् । पानीपुरी र चट्पटे बनाउन चाहिने सामान तयार पार्न छोराछोरीको सहयोग महत्वपूर्ण हुने उनले बताए ।

पानीपुरी एक प्लेटमा ७ वटा हुन्छ ।  त्यसलाइ उनी २५ रुपैयाँमा बेच्छन् । उनी चट्पटेसमेत बेच्छन् । दिनभरमा १ हजार रुपैयाँ ५ सय गोटा भन्दा बढी पुरी बिक्ने गरेको लिम्बुले बताएका छन् ।

उनको पसलमा घाम लागेको दिन बढी ब्यापार हुन्छ । पानी पुरी खाएर सित्तल अनुभव गर्ने पानीपुरीका सौखिनहरु बताउँछन् । उनको दैनिक ८ देखि १० हजार रुपैयाँको ब्यापार हुने गरेको छ । यसरी १० हजारको ब्यापार हुदा कम्तीमा पनि ६ देखि ७ हजार रुपैयाँ फाईदा  हुने लिम्बु जानकारी दिए ।

जागिरको लागि जताततै भौतारिनुभन्दा मेहनत गरे सानो लगानीबाट पनि धेरै कमाउन सकिन्छ भन्ने उदाहरण लिम्बुले दिएका छन् । आफु यस पेशाबाट सन्तुष्ट भएको जानकारी पनि उनले गराए ।
 

 

594fa44bba0d6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको