Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमइले पुर्यायो आठ अर्ब पूँजी

आइतबार, ११ असार २०७४, १२ : ३१ मा प्रकाशित

ग्लोबल आइएमइले पुर्यायो आठ अर्ब पूँजी

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले औपचारिक रुपमा नै रु आठ अर्ब पूँजी पुर्याएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समयसीमा भन्दा पहिले नै ग्लोबल आइएमईले चुक्ता पूँजी आठ अर्ब पुर्याएको हो ।

केन्द्रीय बैंकले चालु आवको अन्तयसम्म क वर्गका बैंक तथा वित्तिय संस्थालाई चुक्तापूँजी रु आठ अर्ब पुर्याउन वाध्यकारी निर्देशन दिएको थियो ।

बैंकको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धि विषेश प्रस्ताव पारित गरेको छ ।

विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी रु  १ अर्ब १ करोड ४ लाख रहेको छ ।

सभाले रिलायबल डेभलपमेन्ट बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ८२.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी रु ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ भने शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुग्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको