Like us!
Follow us!
Connect us!
Watch us!
राष्ट्र बैंकले बेच्ने भयो विकास ऋणपत्र

लगानीको अवसर खोज्दै हुनुहुन्छ, पैसा लिएर असार १३ गते मंगलबार राष्ट्र बैंक जानुस

आइतबार, ११ असार २०७४, १२ : १९ मा प्रकाशित

लगानीको अवसर खोज्दै हुनुहुन्छ, पैसा लिएर असार १३ गते मंगलबार राष्ट्र बैंक जानुस

अर्थ संसार, काठमाडौँ, लगानीको लागि अवसर खोज्दै हुनुहुन्छ , अब चिन्ता नगर्नुस बैंक तथा वित्तिय संस्थाले आइपीओ जारी गरिरहेका छन् ।

हकप्रद सेयर दिइरहेका छन् । यही मेसोमा नेपाल राष्ट्र बैंकले सरकारको पाँच बर्षे विकास ऋणपत्र २०७९ “ग’’ को बोलकबोल बिक्री खुल्ला गरेको छ ।

निक्षेप तान्न बैंकहरुबीच ब्याजदर बृद्धिको होड चलिरहँदा राष्ट्र बैंकले यही असार १३ गते दिउँसो ३ बजे बोलकबोलद्वारा ऋणपत्र बेच्न लागको हो ।

ऋणपत्रको बोलकबोलमा क ख र ग वर्गका बैंक तथा बित्तिय संस्था, गैर बैंक तथा बित्तिय संस्था, बीमा कम्पनी तथा आम नेपाली नागरीकले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ।

बजारमा ब्याज बढाउने होड चलि रहेको बेला राष्ट्र बैंकले भने कम ब्याजदर माग गर्नेलाई ऋणपत्र बिक्री गर्नेछ ।

ऋणपत्र खरिद गर्न चाहनेले असार १३ गते अपरान्ह ३ बजे भित्र बैंकको वेब साइट मार्फत अनलाइन बोलकबोल गर्न सक्ने जनाइएको छ। ऋणपत्रको अवधि पाँच बर्षको रहनेछ र बीचमा धितो राखेर कर्जा पनि लिन सकिन्छ ।
 

594f5a45702e5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको