Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको हकप्रद सेयर भर्नुभयो ? आज अन्तिम दिन

आइतबार, ११ असार २०७४, ११ : १३ मा प्रकाशित

नेपाल एसबिआई बैंकको हकप्रद सेयर भर्नुभयो ? आज अन्तिम दिन

अर्थ संसार,  काठमाडौं–  नेपाल एसबिआई बैंकको हकप्रद सेयर भर्नुभयो ? यदि भनरेको  भए आजै गरए भर्नुहोला । किन कि आज अन्ति दिन हो ।

जेठ ७ गतेबाट बिक्री खुल्ला गरेको हकप्रद सेयर आज (असार ११) बन्द हुँदैछ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा एक करोड ९९ लाख १९ हजार ४ सय २३ कित्ता हकप्रद शेयर निष्काशन गरेको  छ ।

एसबिआई बैंकको हकप्रदमा वैशाख २५ सम्म कायम शेयरधनीले मात्र हकप्रद आवेदन दिन सक्नेछन् ।
बैंकले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको हकप्रद सेयर निष्काशन गरेको हो ।

 बिक्री प्रबन्धक एनएमबि क्यापिटल

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।हकप्रद शेयरमा नेपाल एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार र एनएमबि क्यापिटल नागपोखरीबाट आवेदन गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको