Like us!
Follow us!
Connect us!
Watch us!

बुढीगण्डकीका लागि उठायो निगमले नै दश अर्ब

शनिबार, १० असार २०७४, १९ : ३७ मा प्रकाशित

बुढीगण्डकीका लागि उठायो निगमले नै दश अर्ब

अर्थ संसार, काठमाडौं – सरकारले चालु आबको बजेटमा व्यवस्था गरे अनुसार पेट्रोलियम पदार्थमा लगाइएको करबाट १० अर्ब उठाएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागी भन्दै प्रतिलिटर ५ रुपैयाँका दरले उक्त कर लगाईएको थियो ।

गत जेठ २१ बूढीगण्डकी जलविद्युत् आयोजनालाई चीनको चाइना गेजुवा वाटर एन्डपावर ग्रुप कम्पनी लिमिटेड (सिजीजीसी)लाई निर्माण, लगानीलगायतका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउने सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्तक्षर भइसकेको छ ।

गत जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा समेत सोही चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो ।

हाल बूढीगण्डकी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा वितरणकार्य जारी राखेको छ । सरकारले चालु आवमा पाँच अर्ब रुपैयाँ मुआब्जा वितरण गर्ने जनाएको छ ।आर्थिक बष २०७४र०७५ को बजेटमा समेत इन्धनमा लगाईएको ५ रुपैयाँ कर यथावत राखिएको छ ।

यो पनि पढ्नुहोस्

पैसा जम्मा गर्नुहोस्, ग्राण्डी हस्पिटलले बेच्दैछ एक करोड बढी कित्ता सेयर

काठमाडौँका ६ स्थानमा हुने भयो लोडसेडिङ

साताको सेयर बजार : कारोबार रकममा एभरेष्ट बैंक र सेयर सङ्ख्यामा प्रभु बैंक अगाडी

मनसुन सुरुसँगै आन्तरिक विद्युत् उत्पादन ६५० मेगावाटले बढ्यो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको