Like us!
Follow us!
Connect us!
Watch us!
अनलाइन प्रणालीको आन्तरिक परिक्षण सुरु

आधुनिकिरण हुँदै सेयर बजार

शनिबार, १० असार २०७४, १५ : ५१ मा प्रकाशित

आधुनिकिरण  हुँदै सेयर बजार

अर्थ संसार, काठमाडौं– सेयर बजारलाई सरलिकरण गर्ने उद्देश्यले अनलाईन प्रणालीको आन्तरिक परिक्षण सुरु  भएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अनलाइन प्रणालीलाई कार्यान्वयनमा ल्याउन सफ्टवेयर निर्माता कम्पनीलाई आन्तरिक परिक्षणका लागि अनुमति दिएको थियो । नेप्सेले अनुमति दिएसँगै सफ्टवेयर निर्माता कम्पनीले आन्तरिक परिक्षण सुरु गरेको हो ।

अनुमति पाएसँगै सफ्टवेयर निर्माता कम्पनी वाईकोले नेप्सेकै प्राबिधिक शाखामा रहेको सर्भरमा एप्लिकेसन जडान गरी डेभलपमेन्टको काम अघि बढाएको नेप्सेले जनाएको छ ।

नेप्सेको अनुसार सफ्टवेयर कम्पनी वाईकोले सूचीकरण प्रणाली, ब्रोकर सम्बन्धी प्रणाली र जोखिम ब्यबस्थापन प्रणालीको परीक्षण सुरु  गरेको हो । 

सूचक ब्यबस्थापन प्रणाली, सुपरिवेक्षण सम्बन्धी प्रणाली, धितो सम्बन्धी प्रणाली, सुचना सम्प्रेषण प्रणाली लगायतका १८ प्रणालीको छुट्टाछुट्टै सिस्टम तयार भई परीक्षण गर्न लागिएको छ । नेप्सेले अहिले प्रयोग गरिरहेको सिस्टमले सबै बिधाको काम एउटै सिस्टम अन्तर्गत गर्छ जसले गर्दा सिस्टममा सानो समस्या आएपनि सबै कारोबार बन्द हुने गरेको छ ।

तर अहिले विकास भैरहेको सफ्टवेयरले भने विधागत रुपमा सबैको अलग अलग प्रणालीमार्फत काम गर्ने नेप्सेको प्राविधिक शाखा प्रमुख निरन्जय नायकले जानकारी दिए । जसको कारण कुनै एक प्रणालीमा समस्या आएपनि सबै काम नरोकिने नायकले बताए ।

यो प्रणालीमा देशविदेशबाट कारोबार गर्न मिल्नुका साथै इन्टरनेट सुविधा भएको कुनै पनि ठाँउबाट लगानीकर्ताको पहुँच नेप्सेमा सीधै पुग्नेछ। कम्प्युटर, ल्यापटप, मोबाइल, ट्याब्लेट लगायत जुनसुकै प्रणालीबाट लगानीकर्ताले शेयर खरीद बिक्री गर्न पाउने छन् ।

अहिले एक मिनेटमा दुई सय ४० वटामात्र कारोबार गर्न सक्छ भने नयाँ आउने प्रणालीबाट एक मिनेटमा २० लाखवटा कारोबार एकै पटक गर्न सकिने बताइएको छ ।

नयाँ आर्थिक वर्षको दोस्रो त्रैमासबाट अनलाइन सेवा दिने घोषणा गरेको नेप्सेले साउन महिनामा नयाँ सिस्टमलाई ब्रोकरसम्म पुर्याउने र आगामी दशैँसम्म लगानीकर्तामाझ पुर्याउने लक्ष्य राखेको  नायकले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको