Like us!
Follow us!
Connect us!
Watch us!

मनसुन सुरुसँगै आन्तरिक विद्युत् उत्पादन ६५० मेगावाटले बढ्यो

शनिबार, १० असार २०७४, १३ : ४४ मा प्रकाशित

मनसुन सुरुसँगै आन्तरिक विद्युत् उत्पादन ६५० मेगावाटले बढ्यो

अर्थ संसार, काठमाडौं – मनसुन सुरु भएपछि विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनको परिमाण समेत बढ्न थालेको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार वर्षात् सुरु हुन थालेपछि ठूला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो ।

 नेपाल विद्युत् प्राधिकरण र निजी आयोजनाबाट विद्युत् उत्पादन बढेर अहिले ६५० मेगावाट पुगेको केन्द्रीय भार प्रेषण केन्द्रले जानकारी दिएको छ ।कुलेखानी साँझमा केही घण्टा सञ्चालन हुने गरेको छ । विद्युत् प्राधिकरणका आयोजना लगभग पूर्ण क्षमतामा सञ्चालनमा रहेका र निजी क्षेत्रका आयोजनामा विस्तारै उत्पादन बढ्दै गएको छ ।
 
विद्युत प्राधिकरणको १४४ मेगावाटको कालिगण्डकी ए बाट १४०, ७० मेगावाटको मध्यमस्र्याङदीबाट ६८ र ६९ मेगावाटको मस्र्याङदी आयोजनाबाट ६८ मेगावाट हाराहारीमा बिजुली उत्पादन भइरहेकोको उनले जानकारी दिए । कुलेखानीमा भने पानीको सतह ३० मिटर घटेर १५ सय मिटरमा सीमित भएको छ ।
वर्षा सुरु नभइसकेकाले निजी क्षेत्रले निर्माण गरेको आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भइसकेको छैन ।

वर्षा सुरु भएपछि खिम्तीलगायत अन्य निजी आयोजनाबाट बिजुली उत्पादन बढ्ने छ । यस्तै ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजना बाढीले क्षतिग्रस्त बनाएपछि बन्द छ ।
प्राधिकरणका अनुसार हाल भारतबाट समेत गरी १ हजार मेगावाट बिजुली आपूर्ति भइरहेको छ । यो कुलेखानी बाहेकको आपूर्ति हो ।

विद्युत प्राधिकरणका आयोजनाबाट ३४५, निजी क्षेत्रबाट ३ सय र भारतबाट ३५० मेगावाट बिजुली आपूर्ति भएको छ । हाल माग दैनिक १ हजार २५० देखि १ हजार ३ सय मेगावाट रहेको छ । प्रणालीमा अझै पनि ३ सय मेगावाट बिजुली अपुग छ ।
उद्योगमा दैनिक २० घण्टा बिजुली आपूर्ति गरेर चार घण्टा विद्युत् कटौती गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको