Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस्, ग्राण्डी हस्पिटलले बेच्दैछ एक करोड बढी कित्ता सेयर

शनिबार, १० असार २०७४, १२ : ४७ मा प्रकाशित

पैसा जम्मा गर्नुहोस्, ग्राण्डी हस्पिटलले बेच्दैछ एक करोड बढी कित्ता सेयर

अर्थ संसार, काठमाडौँ– ग्राण्डी इन्टरनेशन हस्पिटलले रु एक सय मूल्य बराबरको एक कारेड ६ लाख १८ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।

हस्पिटलले एक सूचना मार्फत सो परिमाणको सेयर बिक्री गर्न लागेको जानकारी दिएको हो । हस्पिटलको यही असार ३ गते सम्पन्न भएको साधारण सभाले सेयर बिक्रीका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन कम्पनी सचिवलाई निर्देशन दिएको थियो ।

साधारण सभाको निर्देशननुसार सेयर खरिद गर्न चाहनेलाई ३५ दिनको समयसीमा कायम गरिएको छ । सो समयअवधिभित्र सेयर खरिद गर्न सक्नेछन् ।

हस्पिटलले कम्पनीको सेयर दर्ता किताबमा कायम रहेका सेयरधनीलाई सेयर खरिदका लागि प्रक्रिया समेत अगाडि बढाउन आग्रह गरेको छ । हस्पिटलले एक सूचना मार्फत विगतमा सेयर रहेकालाई सेयर खरिदका लागि आग्रह गरेको हो ।

594e1148ba935.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको