Like us!
Follow us!
Connect us!
Watch us!

जेटिईको ब्लेड ए २ स्मार्टफोन बजारमा

शुक्रबार, ०९ असार २०७४, १० : २५ मा प्रकाशित

जेटिईको ब्लेड ए २ स्मार्टफोन बजारमा

अर्थ संसार, काठमाडौं– नेपालका लागि जेटिइ मोबाइल ब्रान्डको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजे प्रा.लि.ले जेडटिइ ब्लेड ए २ प्लस स्मार्टफोन बजारमा उपलब्ध गराएको छ । उच्चतम मेमोरी र उत्कृष्ट ब्याट्री ब्याकअप चाहनेको लागि जेडटिइ ब्लेड ए २ प्लस लक्षित गरिएको छ ।

यसमा ४ जिबी र्यामको प्रयोग गरिएकाले फोन द्रुत गतिमा चल्नुका साथै ठूलो गेम खेल्न, वेब ब्राउजिङ गर्न तथा मल्टि टास्किङ स्मार्टफोन उपयुक्त छ ।

३२ जिबीको इन्र्टनल स्टोरेजलाई १२८ जिबीसम्मको एसडीकार्ड प्रयोग गरेर बढाउन सकिने सुविधा रहेको छ । स्मार्टफोनमा १.५ गिगाहर्जको अक्टा–कोर मिडियाटेक एमटि ६७५० टि प्रोसेसर प्रयोग गरिएको छ ।

यसैगरी, ब्लेड ए२ प्लसको अर्को शक्तिशाली फिचर भनेको यसमा प्रयोग भएको ५००० एमएएचको नन रिमुभेबल ब्याट्री हो ।

यति ठूलो क्षमताको ब्याट्री ब्याकअप चाहनेका लागि यो स्मार्टफोन उत्कृष्ट रोजाइ हो । यसले ओटिजी रिभर्स चार्जिङ प्रविधि पनि प्रयोग गरिएको छ, जसले चाडै व्याट्री चार्ज हुनेछ । ब्लेड ए२ प्लसमा ५.५ इन्चको एचडी डिस्प्ले (१०८०×१९२० पिक्सेल रेजोेलुशन) र ४०१ पिक्सेल डेन्सिटी रहेको छ । यसले गर्दा सफा पिक्चर डिस्प्ले हुन्छ । ठूलो स्क्रिन भए पनि कम पावर खपत गर्दछ ।

जेडटिइ ब्लेड ए२ प्लसको एउटा आकर्षक पक्ष क्यामेरा हो । फोनमा १३ मेगापिक्सलको रियर पिडिएपएफ क्यामेरा र सेल्फीका लागि ८ मेगाफिक्सलको क्यामेरा प्रयोग गरिएको छ । क्यामेरामा  ०.३ फेज–डिटेक्सन अटो–फ्लास, ०.३ सेकेन्डमा एकुरेट फोकसिङ, दौडिरहेका वस्तु वा मानिसको तस्विर सटिक तस्विर लिन, तथा पानोरोमा सेल्फीजस्ता फिचरहरु रहेका छन भने फ्रन्टमा स्क्रिन फ्लास पनि प्रयोग गरिएको छ ।

स्क्रिन फ्लासबाट रातिको समयमा नेचुरल फोटो खिच्नको लागि स्मार्टफोनको पूरै स्क्रिनबाट फ्लास आउदछ ।  पानोरोमा सेल्फी फिचर भएकाले वाइड–एङ्गल तस्विरहरु लिन सकिने छ ।

स्मार्टफोनका अन्य फिचरहरु डुअल सिम सपोर्ट (थ्रिजी÷फोरजी), एक्सेलेरोमिटर सेन्सर, प्रोक्सिमिटी सेन्सर, कम्पास, हल सेन्सर, एफएम रेडियोलगायतका फिचरहरु रहेका छन् । यसको मुल्य रु २३ हजार ९ सय रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको