Like us!
Follow us!
Connect us!
Watch us!
खेत खेतमा काम, भोट दिन असार १४ गते जाम

लौ हेर्नोस भोट माग्ने तरिका

विहीबार, ०८ असार २०७४, १२ : १५ मा प्रकाशित

लौ हेर्नोस भोट माग्ने तरिका

अर्थ संसार,  नवलपरासी– नवलपरासीमा फरक शैलीमा उम्मेदवार मत माग्न व्यस्त देखिन्छन् ।   घरदेखि किसानले काम गर्ने खेतमा गएर पनि मतदाता रिझाउन उम्मेदवार पछि परेका छैनन् । उम्मेदवार विशेषगरी आजभोलि खेती रोप्ने याम सुरु भएलगतै उम्मेदवार पनि खेतमा गएर किसानको काममा सघाउ पु¥याउन उम्मेदवार स्वयम् लागिपरेका छन् ।

यसैगरी, नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार नरेन्द्रकुमार गुप्ताले फरक शैलीमा मतदाता रिझाउन लागेका छन् । खेतमा तयार भएको धानको बीउ काढ्न व्यस्त किसानसँगै पुगेका उम्मेदवार गुप्ता पनि खेतमा पुगेर केही समय किसानलाई बीउ काढेर मत माग्न आजभोलि व्यस्त देखिनुभएको छ  । गुप्ता मात्र होइन अन्य उम्मेदवार पनि किसानलाई रिझाउन यस्तै तरिका अपनाउने योजनामा छन् ।

दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ५ यतिबेला  निर्वाचनमय बन्दै गएको छ । नवलपरासीमा पहिलो चरणमा निर्वाचन भई बाँकी रहेको प्रदेश नं ५ अन्तर्गतका सातवटा स्थानीय तहमा निर्वाचन माहोल तातेको हो । करिब  १९ वर्षपछि हुन लागेको निर्वाचनका लागि जिल्लामा क्रियाशील ठूलादेखि साना दल सम्मका उम्मेदवार आफ्नो पक्षमा मतदाता रिझाउन लागिपरेका छन् ।

यद्यपि, सो निर्वाचनमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) ले  भने भाग लिएको छैन । विशेषगरी नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),  राप्रपा,  नेकपा (माले) र मधेस केन्द्रीत दलमध्ये नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति, मधेस तराई फोरम लगायतका दल चुनावी अभियानमा छन् ।

विभिन्न सभा, जुलुस, घरदैलो लगायतका प्रचार प्रसारमुखी कार्यक्रममार्फत सबैजसो राजनीतिक दलका नेता तथा कार्यकर्ता मतदातालाई रिझाउन घरदैलोमा पुुगेका छन् । दोस्रो  चरणको  स्थानीय तहको निर्वाचन हुन लागेको नवलपरासीका सातवटा स्थानीय तहमध्ये तीन नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । सबैजस्तो स्थानमा ठूला शीर्ष राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा हुने अवस्था  छ  ।

प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहमध्ये तीन नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । नगरपालिकातर्फ रामग्राम, सुनवल र वर्दघाट र गाउँपालिकातर्फ  पाल्हिनन्दन, सरावल, प्रतापपुर र सुस्तामा दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहमा कुल एकलाख ८३ हजार १३ मतदाता सङ््ख्या रहेका छन् जसमध्ये ९३ हजार १७७ पुरुष,  ९९ हजार ८३१ महिला र पाँचजना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको