Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको हकप्रद सेयर आउँदै

मंगलबार, ०६ असार २०७४, ११ : १३ मा प्रकाशित

एभरेष्ट बैंकको हकप्रद सेयर आउँदै

काठमाडौं– .एभरेष्ट बैंकमा लगानी गर्ने लगानीकर्तालाई खुसीको खवर । बैंकले आफ्ना लगानीकर्ताका लागि ३ बराबर १ अनुपातमा अर्थात ३३ दशमलव ३३ प्रतिशत हकप्रद सेयर  बजारमा ल्याउँदै छ ।

पञ्जाब नेशनल बैंकको साझेदारी रहेको यस बैंकको  हकप्रद सेयरका लागि आज (असार ६) गतेसम्म सेयर किन्नु पर्नेछ । बैंकले असार ७ गते सेयरधनी पुस्तिका क्लोज गर्दैछ ।  उक्त हकप्रद सेयर आजसम्म कायम सेयरधनीले असार १८ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड

एभरेष्ट बैंबको हकप्रद सेयर लगानीकर्ताले  बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड काठमाडौं साथै एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको