Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार झन् तल, साडे १३ अंकले घट्यो बजार

सोमबार, ०८ कार्तिक २०७३, १७ : २७ मा प्रकाशित

सेयर बजार झन् तल, साडे १३ अंकले घट्यो बजार


काठमाडौं–सेयर बजार सातको दोस्रो दिन झन् निरासाजनक रुपमा घटेको छ । नेप्से सोमबार पनि दोहोरो अंकले घटेको हो । यस दिन बजार १३.५ अंकले घटेको छ । आइतबार पनि बजार दोहोरै अंकले घटेको थियो । बैंकिङ सुचक १८ अंकभन्दा वढिले ओर्लिएको छ।

होटल २४, विकास बैंक ६, जलविद्युत १५, बिमा साढे ३८ र अन्य चार अंक अंकले घटेका छन् । फाइनान्स मात्रै करिव पाँच अंकले बढेको छ । कारोबार रकम भने केही बढेको छ । दिनभर ९२ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

नेप्सेले मूल्य वढाइ दिएकाले सिर्जना फाइनान्सको मूल्य निकै उचाइमा पुगेको छ । यस्तै रिलायवल माइक्रोफाइनान्सको सेयर मूल्यसमेत १० प्रतिशत हाराहारीमा वढेको छ। ठूला बैंकहरुको सेयरमा भने लगानीकर्ता आकर्षित भएनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको