Like us!
Follow us!
Connect us!
Watch us!

एसइईको नतिजा सार्वजनिक

शुक्रबार, ०२ असार २०७४, १० : २४ मा प्रकाशित

एसइईको नतिजा  सार्वजनिक

 

 

अर्थ संसार,काठमाडौं– आज परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको थियो ।

परीक्षा नियन्त्र कार्यालय अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये नियमितमा ४ लाख ४५ हजार ५ सय ६४ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीएंं) १२ हजार २ सय ८४ जनाले प्राप्त गरेका छन् ।

परीक्षामा सामेल भएकामध्ये २ सय १९ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षामा ‘सी ’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गतवर्ष दुई विषयमा ‘डी ’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए ।

गतवर्षसम्म दुई विषयमा ‘डी’  र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउँथ्यो । यसवर्ष भने सैद्धान्तिक विषयमा ‘डी’ , ‘ड’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड वृद्धिको परीक्षा दिन पाउने छन् । ग्रेड वृद्धिका लागि पुनः  परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ । यसवर्ष पनि ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक भएको छ ।यसवर्षदेखि एसईईको नाममा नतिजा सार्वजनिक भएको हो ।

5943618d697a4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको