Like us!
Follow us!
Connect us!
Watch us!

तीन अर्ब लगानी भए काठमाडौंमा जडान हुन्छ ट्राफिक लाइट

मंगलबार, ३० जेठ २०७४, १७ : ३३ मा प्रकाशित

तीन अर्ब लगानी भए काठमाडौंमा जडान हुन्छ ट्राफिक लाइट

अर्थ संसार, काठमाडौँ–काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको ट्राफिक बत्ती राख्न रु तीन अर्ब बराबरको लगानी जरुरी रहेको छ ।
 
नेपाल प्रहरीका महानिरीक्षक अर्यालले विगतमा राखिएका ट्राफिक बत्ती जीर्ण भएको र काम गर्न नसक्ने अवस्थामा पुगेका कारण सरकारले रु तीन अर्ब लगानी गरेर सुधार गर्न सकिने बताए ।
 
लामो समयदेखि काठमाडौँको ट्राफिक व्यवस्थापनमा ख्याति कमाउनु भएका सीताराम हाछेँथुका अनुसार काठमाडौँमा प्रतिमिनेट ५२ वटा चारपाङ्गे्र र ८१ वटा मोटरसाइकल चल्ने गरेको तथ्य पेस गर्दै सुधारको पहिलो सर्त नै ठूला सवारी साधन भएको बताउनुभयो ।
 
सो अवसरमा गृहसचिव लोकदर्शन रेग्मीले ठूला सवारी साधनको व्यवस्था तथा तत्काल सुधार गर्न सकिने विषयमा ध्यान केन्द्रित गर्न प्रहरीलाई आग्रह गर्नुभयो । मन्त्रालय ट्राफिक व्यवस्थापनसम्बन्धी दीर्घकालीन रणनीति बनाउने योजनामा रहेको पनि उहाँले बताउनुभयो ।

यसअघि जापानी सहयोगमा जडान गरिएका ट्राफिक लाइट सबै बिग्रिएका छन् । त्यसको मर्मत सम्भारमा कुनै पन िध्यान दिइएको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको