Like us!
Follow us!
Connect us!
Watch us!

तिहारमा ११ लाख माला चाहिने, भारतबाट २ लाख ल्याइने

आइतबार, ०७ कार्तिक २०७३, २० : ५४ मा प्रकाशित

तिहारमा ११ लाख माला चाहिने, भारतबाट २ लाख ल्याइने

अर्थ संसार
काठमाडौं–तिहारमा ११ लाख मालाको खरिदविक्री हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले अनुमान गरेको छ । 
फ्यानले कृषि बिकास मन्त्रालयको सहयोगमा गर्न लागेको गोदावरी मेलाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा कुमार अध्यक्ष कसजुले यस्तो जानकारी दिएका हुन् । 
‘तिहारमा ११ लाख माला खपत हुने अनुमान छ,’ उनले भने, त्यसमध्ये ९ लाख सयपत्री तथा १÷१ लाख मखमली र गोदावरीको माला खपत हुने छ ।’ उनले खपत हुने ९ लाख सयपत्रीको मालामध्ये ७ लाख स्वदेशमै उत्पादन हुने र नपुग २ लाख भारतबाट ल्याइने उनले बताए । 
अध्यक्ष कसजुका अनुसार भारतमा सस्तोमा फूल उपलब्ध हुन्छ । त्यहाँबाट ल्याउँदा विग्रने, नस्ट हुने समेत कटाउँदा प्रतिमाला ३० रुपैयाँमा यहाँ उपलब्ध हुने छ ।   
फ्यान ले तिहारका बेला गोदावरीको प्रबर्धन गर्न कातिक १० गतेदेखि ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिनसम्म चल्ने १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने फ्यान उपाध्यक्ष तथा मेला संयोजक रामजी तिमिल्सिनाले जानकारी दिए । 
दिपावली तथा छट पर्ब लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक गरी ४२ वटा स्टल रहने संयोजक तिमिल्सिनाले बताए ।
मेलामा ब्यबसायिक स्टल ३६, गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा र सूचना मुलक ३  स्टल रहने छन् । 

मेलामा सहभागी व्यवसायीवीच इन्कर्भ, रिफ्लेक्स, स्पाइडर र मिनियचर बिधामा प्रतिश्पर्धा गराइ बिजयी हुनेलाई नगद, शील्ड तथा प्रमाणपत्र प्रदान गरिने फ्यानका अध्यक्ष कसजुले जानकारी दिए । 
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ मेला हुने छ । 
मेला प्रदर्शनीको आयोजनाबाट प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प ब्यबसायको बिकास, बिस्तार तथा प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पुगेको बताउँदै फ्यानका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले नेपाल बाताबरणीय बिबिधता तथा तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पुष्प ब्यबसायको बिकास तथा प्रबद्र्धनको सम्भाबना प्रचुर रहेको बताए । 

कार्यक्रममा कृषि बिकास मन्त्रालयका सहसचिब डा. रुद्रबहादुर श्रेष्ठले पुष्प क्षेत्रमा आयात प्रतिस्थापन गर्न नेपाल सरकारले अनुदान सहयोग गर्दै आइरहेको बताए । फ्यानका महासचिब मिनबहादुर तामाङले आर्थिक बर्ष २०७२÷७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प ब्यबसायले ४१ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको बताउँदै ३९ जिल्लामा यसको कारोबार विस्तार भएको जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको