Like us!
Follow us!
Connect us!
Watch us!

स्वीडिस क्रोनर नेपालमा नचल्ने, तत्काल सटही गर्न राष्ट्र बैंकको आग्रह

शनिबार, २७ जेठ २०७४, १३ : १६ मा प्रकाशित

स्वीडिस क्रोनर नेपालमा नचल्ने, तत्काल सटही गर्न राष्ट्र बैंकको आग्रह


अर्थ संसार, काठमाडौँ– तपाईसँग स्वीटजरल्याण्डको मुद्रा छ । यदि छ भने अब तपाईसँग भएको स्वीडिस क्रोनर सटही नहुने भएको छ ।नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णयअनुसार अब स्वीडिस क्रोनर सटही नहुने र त्यो केवल कागजमा परिणत हुने भएको छ ।

राष्ट्र बैंकले पुराना १ सय र ५ सय दरका स्वीडिस क्रोनर नोट नेपालमा सटही नहुने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले गत वर्ष निष्कासन गरिएका २००१ सिरिजका नोटहरु सटही नहुने जानकारी दिएको छ । राष्ट्र बैंकले आउँदो आइतबारसम्म यी दरका नोट सटही गरिसक्न आम नागरिकमा आग्रह गरेको छ ।
बैंकले एक सूचना माफृत भनेको छ, तत्काल त्यस्ता पैसा छन् भने सटही गरिहाल्नुस् अन्यथा ती नोट नेपालमा चल्ने छैनन् ।

स्वीडेनको केन्द्रीय बैंक रिस्क बैंकले यस्ता नोट सटही नगर्ने भनेपछि नेपालमा रहेका नोट सटहीका लागि जानकारी गराएको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए ।उनकाअनुसार नोट सटही प्राालीलाई व्यवस्थित गर्न र उउटा मानक स्थापित गर्नका लागि त्यस खालको निर्णय गरिएको हो ।

 स्वीडिस क्रोनर नेपालमा नचल्ने, तत्काल सटही गर्न राष्ट्र बैंकको आग्रह अर्थ संसार, काठमाडौँ– तपाईसँग स्वीटजरल्याण्डको मुद्रा छ । यदि छ भने अब तपाईसँग भएको स्वीडिस क्रोनर सटही नहुने भएको छ ।नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णयअनुसार अब स्वीडिस क्रोनर सटही नहुने र त्यो केवल कागजमा परिणत हुने भएको छ ।

राष्ट्र बैंकले पुराना १ सय र ५ सय दरका स्वीडिस क्रोनर नोट नेपालमा सटही नहुने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले गत वर्ष निष्कासन गरिएका २००१ सिरिजका नोटहरु सटही नहुने जानकारी दिएको छ । राष्ट्र बैंकले आउँदो आइतबारसम्म यी दरका नोट सटही गरिसक्न आम नागरिकमा आग्रह गरेको छ ।

बैंकले एक सूचना माफृत भनेको छ, तत्काल त्यस्ता पैसा छन् भने सटही गरिहाल्नुस् अन्यथा ती नोट नेपालमा चल्ने छैनन् । स्वीडेनको केन्द्रीय बैंक रिस्क बैंकले यस्ता नोट सटही नगर्ने भनेपछि नेपालमा रहेका नोट सटहीका लागि जानकारी गराएको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए ।

उनकाअनुसार नोट सटही प्राालीलाई व्यवस्थित गर्न र उउटा मानक स्थापित गर्नका लागि त्यस खालको निर्णय गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको