Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको सेयर भोलिदेखि, कहाँकहाँ भर्न पाइन्छ ?

सोमबार, ०८ कार्तिक २०७३, ०० : ०० मा प्रकाशित

अरुण काबेलीको सेयर भोलिदेखि, कहाँकहाँ भर्न पाइन्छ ?

अर्थ संसार
काठमाडौं–दशैंको दक्षिणा कहाँ लगानी गर्ने भनेर घोरिनु भएको छ ? चिन्ता नलिनुस् । अरुण कबेली पावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागी आगामी कातिक ९ गतेदेखि १ सय रुपैयाँ दरको  ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्दैछ । 
उक्त कम्पनीको साधारण सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथली र सिद्धार्थ बैंकका शाखाहरुमा फारम भर्न सक्ने छन् । सिद्धार्थ क्यापिटलको कार्यालय र अरुण काबेलीको कार्यालयमा एकाउन्टपेयी चेक मात्र लिने ब्यवस्था छ । 

अरुण भ्याली हाईड्रोपावर डेभपलमेण्ट कम्पनी लिमिटेडले सहायक कम्पनीका रुपमा अरुण काबेली पावर लिमिटेड स्थापना गरेको हो । अरुण भ्यालीले संखुवासभा जिल्लाको चैनपुर र मादी राम्बेनीबीच भई बहने पिलुवाखोलाको पानी उपयोग गरी ३ मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजनाको निर्माण गरेर व्यबसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ । अरुण भ्यालीले पिलुवाखोलापछि २.४ मेगावाट क्षमताको रिडिखोला आयोजनाको निर्माण गरेको छ ।

यस कम्पनीको एकल शेयर स्वामित्वमा अरुण काबेली पावर लिमिटेड  स्थापना गरि पाँचथरमा बहने काबेली नदीमा २५ मेगावाट क्षमताको जलविद्युुत परियोजना निर्माण गरिरहेको छ । अरुण भ्यालीले काबेली बि १ आयोजनाको टलरेसमा १० मेगावाट क्षमताको काबेली क्यासकेड नामक आयोजनाको सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी बाह्य सल्लाहकारमार्फत संभाव्यता अध्ययन गर्ने कार्य गरिरहेको छ । आगामी वर्ष यस १० मेगावाट क्षमताको आयोजनाको पनि निर्माण सुरु हुनेछ ।
 
आयोजनाको विद्युत बिक्रीबाट कम्पनीले पहिलो वर्ष ७६.२ करोड आय प्राप्त गर्ने प्रक्षेपण गरेको छ । यति आयमा पहिलो ५ वर्ष वार्षिक ३ प्रतिशतका दरले थप आय प्राप्त हुने कम्पनीको दावी छ । यस आयबाट परियोजना निर्माणका लागि लिएको बैंक ऋणको सावाँ तथा तथा व्याज भुक्तान गरी बचेको रकमबाट शेयरधनीहरुलाई नगद लाभांश उपलव्ध गराइने कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको