Like us!
Follow us!
Connect us!
Watch us!

कसले दियो यस्तो विज्ञापन ? पार्टीका केन्द्रीय पदाधिकारीमा आवेदन आह्वान

आइतबार, ०७ कार्तिक २०७३, १३ : ०७ मा प्रकाशित

कसले दियो यस्तो विज्ञापन ? पार्टीका केन्द्रीय पदाधिकारीमा आवेदन आह्वान

अर्थ संसार
काठमाडौं– बुढापाका भन्थे, ‘बाँच्नु मात्र पर्छ के के देख्न पाइन्छ ।’ साँच्चै हो रहेछ । एउटा अमुक दलले आइतबारको कान्तिपुर दैनिकमा एउटा विज्ञापन छपाएको छ । त्यसमा भनिएको छ, ‘राजनीतिक दलको विभिन्न पदमा आवद्ध हुन अपिल ।’

दलले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, पार्टी प्रबक्ता, केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जिल्ला प्रमुखलगायतका पदमा आवद्ध हुन आह्वान गरेको हो । उक्त पार्टीले आवद्ध हुन चाहने ब्यक्तिहरुका लागि केही योग्यता समेत तोकेको छ ।

जसमा २५ बर्ष पूरा भएको, संगठन विस्तार गर्न सक्ने, पार्टीलाई समय दिन सक्ने, आर्थिक र राजनीतिक रुपमा सक्षम, स्वदेश र विदेशको राजनीति राम्रो बुझेको, आगामी चुनावमा उम्मेदवारी दिन सक्ने, प्रतिस्पर्धा गर्न सक्षम, लामो समयसम्म पार्टीमा आवद्ध हुन सक्ने हुने पर्ने जस्ता योग्यता तोकेको छ ।

ती योग्यताको कसरी परीक्षण गरिन्छ भन्ने खुलाईको छैन । विज्ञापन हेर्दा पार्टीले धन खर्च गर्न सक्ने ब्यक्ति खोजेको स्पष्टै बुझिन्छ । उक्त पार्टीले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका केन्द्रीय नेतृत्वमा रहने ब्यक्तिको काठमाडौं उपत्यकामा स्थायी वा अस्थायी बसोबास हुनुपर्ने सर्त पनि तोकेको छ । विज्ञापनमा पार्टीको नाम दिइएको छैन । केही हजार रुपैयाँ खर्च गरेरै विज्ञापन गरेर पार्टीमा आवद्ध हुन आह्वान गरिएको छ । 

580c6766470a4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको