Like us!
Follow us!
Connect us!
Watch us!

केरुङ-रसुवा-काठमाडौँ रेलमार्ग अगाडि बढाइने

विहीबार, १८ जेठ २०७४, १९ : ३२ मा प्रकाशित

केरुङ-रसुवा-काठमाडौँ रेलमार्ग अगाडि बढाइने


काठमाडौँ, १८ जेठ । लगानी बोर्डले केरुङ–रसुवा –काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा चीन सरकारसँग द्विपक्षीय छलफल गरि अन्तिम टुङ्गो लगाउने भएको छ । 

प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बैठकले सो रेलमार्ग निर्माणमा चीन सरकारले चासो व्यक्त गरेकाले आवश्यक प्रक्रिया अगाडि बढाउने र सरकारको तर्फबाट भएका प्रयासलाई अन्तिम रुप दिने निर्णय गरेको हो । 

चीन सरकारले अगाडि सारेको ‘एक पेटी एक मार्ग’ अवधारणामा सो रेलमार्ग समेत परेकाले नेपालले हालसम्म गरेको अध्ययन तथा आवश्यक काम कारवाहीलाई निष्कर्ष दिने निर्णय भएको र प्रक्रियाका सम्बन्धमा आवश्यक तदारुकता दिने सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री दाहालका चीन भ्रमणको क्रममा भएको सहमति एवम् उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको प्रतिनिधिमण्डलले एक पेटी एक मार्गका सम्बन्धमा गरेको हस्ताक्षर एवम् चीन सरकारको चासोका आधारमा पनि सम्भाव्यता अध्ययन तथा निर्माणको प्रक्रिया सुरु गर्ने निर्णय भएको उहाँको भनाइ छ । 

भोतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको रेल विभागले पनि सो आयोजनाको सम्बन्धमा अध्ययन गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको