Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो चरणको निर्वाचन अन्योलमा ? फेरी १४ असारमा सार्ने तयारी

बुधबार, १७ जेठ २०७४, ०७ : २६ मा प्रकाशित

दोस्रो चरणको निर्वाचन अन्योलमा ? फेरी १४ असारमा सार्ने तयारी

र्थ संसार, 
९ असारमा मुस्लिम समुदायको पर्व रमजानको अन्तिम दिन परेकाले १४ असारका लागि नयाँ मिति तोक्ने तयारी

स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने भएको छ । यसअघि ३१ जेठका लागि तोकिएको निर्वाचन सरकारले सोमबार मात्रै ९ असारमा सार्ने निर्णय गरेको थियो । तर, त्यस दिन मुस्लिम समुदायको पर्व रमजान परेकाले थप पाँच दिन पछाडि सार्ने तयारी सरकारले गरेको छ ।

स्रोतका अनुसार निर्वाचनको नयाँ मिति १४ असारका लागि तोकिनेछ । आज ९बुधबार० बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मिति तोक्ने प्रधानमन्त्रीमा राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए ।

९ असारमा मिति सार्ने निर्णय गर्दा आफूहरूको पर्वलाई बेवास्ता गरेको भन्दै मुस्लिम समुदायले विरोध जनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सत्तासाझेदार दल कांग्रेस, निर्वाचन आयोग र मुस्लिम समुदायका प्रतिनिधिसँग छलफल गरेका थिए ।

‘मुस्लिम समुदायको पर्वका कारण थप पाँच दिन चुनाव सार्ने भन्ने कुरा आएको छ, प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारी लगायत मुस्लिम समुदायका प्रतिनिधिसँग राय माग्नुभएको छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले नयाँ पत्रिकासँग भने, ‘९ असारको निर्वाचन मितिमा पुनर्विचार हुन्छ ।’ उनका अनुसार सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचन सार्ने विषयमा निर्णय लिनेछ । स्रोतका अनुसार सरकारले १४ असारमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति घोषणा गर्ने गरी छलफल चलाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीले मुस्लिम समुदायका प्रतिनिधिलाई आफ्नै सरकारी निवास बालुवाटार बोलाई थाहा नभएका कारण ९ असारको मिति तोकिएको जानकारी गराउँदै त्यसमा पुनर्विचार गर्न सरकार तयार रहेको बताएका थिए ।

सरेको सर्यै निर्वाचन 
सरकारले ३१ वैशाखमा एकै चरणमा देशभरका स्थानीय तहको चुनाव गर्ने गरी १० फागुनमा निर्वाचनको मिति घोषणा गरेको थियो । तर, मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन, दल दर्ता, चुनाव चिह्नलगायतका विषयमा आफ्नो माग सम्बोधन नभएसम्म निर्वाचन हुनै नदिने र भागसमेत नलिने बताएपछि सरकारले निर्वाचन दुई चरणमा गर्ने निर्णय लियो । प्रदेश नम्बर ३, ४ र ६ को पहिलो चरणमा ३१ वैशाख र प्रदेश नम्बर १,२, ५ र ७ मा दोस्रो चरणमा ३१ जेठमा निर्वाचन गर्ने गरी १० वैशाखमा निर्णय गरिएको थियो ।

तर, दोस्रो चरणको निर्वाचन ३१ जेठबाट ९ असारमा सार्ने निर्णय सोमबार ९१५ जेठमा० मात्रै गरेको थियो । अब सरकारले १४ असारमा निर्वाचन गर्ने गरी नयाँ मिति तोक्ने तयारी गरेको छ । ‘बुधबार ९आज० मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन तालिकाको विषयमा पुनर्विचार हुन्छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालले भने ।

निर्वाचन आयोगले दियो ग्रिन सिग्नल

प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिलाई सँगै राखेर प्रमुख निर्वाचन प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादव, आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ मैनालीसँग छलफल गरेका थिए । सरकारले ९ असारका लागि तोकेको दोस्रो चरणको निर्वाचन मिति सार्नुपर्ने आवश्यकता देखिएको भन्दै आयोग पदाधिकारीसँँग प्रधानमन्त्रीले राय मागेका थिए ।

‘राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुस्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई सम्बोधन गर्न दोस्रो चरणको निर्वाचनको मिति केही दिन पर सार्ने विषयमा सरकारको तर्फबाट प्रधानमन्त्रीज्यूले परामर्श माग्नुभयो,’ आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘प्रधानमन्त्रीले मागेको परामर्शमा आयोगका पदाधिकारीहरूले सकारात्मक परामर्श दिनुभएको छ ।’

 प्रधानमन्त्रीले मुस्लिम प्रतिनिधिसँग भने– मितिमा पुनर्विचार हुन्छ

तपाईहरू ९मुस्लिम प्रतिनिधि०लाई म आफैँले यहाँ छलफलका लागि बोलाएको छु । सोमबार मात्रै हामीले क्याबिनेटबाट स्थानीय तहको दोस्रो चरणको निर्वाचन ९ असारमा सार्ने निर्णय गर्यौँ । तपाईंहरूले रमजानका कारण चुनाव सार्न माग गरिरहनुभएको थियो । राजपालाई पनि चुनावमा सहभागी गराउन सकिन्छ भनेर मिति सारियो ।

तर, झन् रमजानमा विशेष महत्व रहने अन्तिम शुक्रबार नै निर्वाचनको मिति तोकिन पुगेछ । त्यो दिन झन् महत्वको दिन हुन्छ भन्ने हामी कसैलाई पनि हेक्का रहेनछ । नियतवश यस्तो निर्णय भएको होइन । सरकार तपाईंहरूको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरूसँग छलफल गरेर तपाईंहरूको माग सम्बोधन गर्छौँ । मितिमा पुनर्विचार हुन्छ ।

निर्वाचनको मिति सार्न चौतर्फी दबाब

मुस्लिम समुदायका प्रतिनिधिले मंगलबार प्रधानमन्त्रीलाई भेटी रमजानका वेला चुनाव नगराई मिति सार्न माग गरेका थिए । कांग्रेसले रमजानका कारण पाँच दिन निर्वाचन पछाडि सार्ने विषयमा प्रधानमन्त्रीको योजनामा सकारात्मक संकेत दिइसकेको छ । निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले गरेको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधि आफैँ सहभागी थिए । 

रमजान पर्वमा चुनावको मिति तोकेको भन्दै सरकारको आलोचना गरेको एमालेले पनि मिति सार्दा असहमति नजनाउने प्रधानमन्त्रीको बुझाइ छ । राप्रपा अध्यक्ष कमल थापाले पनि निर्वाचन सार्नु नै उपयुक्त हुने प्रतिक्रिया दिएका छन् । त्यस्तै, साझा पार्टीले विज्ञप्ति नै जारी गरेर चुनावको मिति सार्न सरकारसँग आग्रह गरेको छ । मधेसकेन्द्रित दलले पनि सरकारलाई ९ असारको निर्वाचन सार्न आग्रह गरेका छन् ।

निर्वाचनमा जान राजपालाई भारतीय राजदूतको सुझाब

भारतीय राजदूतले स्थानीय निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूलाई सुझाब दिएका छन् । मंगलबार बिहान राजपाका नेताहरूलाई दूतावासमै डाकेर राजदूत मञ्जीवसिंह पुरीले यस्तो सुझाब दिएका हुन् ।

राजपाका अध्यक्षमण्डलका पाँचजना सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, शरत्सिंह भण्डारी कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक छाडेर राजदूत पुरीसँग भेट गर्न दूतावास पुगेका थिए । दुई घन्टा लामो छलफलमा राजदूत पुरीले घुमाउरो भाषामा निर्वाचनमा सहभागी हुँदा सहज हुने सुझाब दिएका थिए ।

‘तपाईंहरू आन्दोलनमा हुनुहुन्छ, निर्वाचनलाई आन्दोलनका रूपमा लैजान राम्रो होला,’ पुरीको सुझाब थियो । छलफलमा सहभागी एक नेताका अनुसार पुरीले सरकारले निर्वाचन १४ असारमा गर्ने तयारी गरिरहेकाले जाँदा सहज हुने भनाइ राखेका थिए ।
नयाँ पत्रिबाबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको