Like us!
Follow us!
Connect us!
Watch us!

सवै भन्दा धेरै बजेट पाउने महानगरपालिका कुन ?

मंगलबार, १६ जेठ २०७४, ०८ : ३० मा प्रकाशित

सवै भन्दा धेरै बजेट पाउने महानगरपालिका कुन  ?

अर्थ संसार, काठमाडौं - सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को बजेटमा कुन स्थानीय तहले कति रकम प्राप्त गरे भन्ने आम चासो छ । त्यसमाथि देशमा रहेका चार महानगरपालिकालाई सरकारले कति बजेट विनियोजन गर्यो भन्ने विषयमा अझ बढी आम चासो छ ।

काठमाडौंले सबैभन्दा बढी
सोमबार सार्वजनिक रातो कितावमा उल्लेख भएअनुसार यसपटक ७४४ स्थानीय तहमध्ये सबैभन्दा धेरै बजेट काठमाडौं महानगरपालिकाले पाएको छ ।
काठमाडौं महानगरपालिकालाई सरकारले एक अर्ब ८८ करोड, ७७ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये वित्तीय समानीकरणअन्तर्गत एक अर्ब २४ करोड, ३३ हजार ७४ र सशर्त अनुदानतर्फ ६४ करोड, ४३ लाख, ८० हजार रुपैयाँ रहेको छ ।

पोखरा–लेखनाथलाई काठमाडौंभन्दा केही कम
क्षेत्रफलका हिसावले सबैभन्दा ठूलो महानगरपालिकाका रूपमा रहेको पोखरा–लेखनाथ महानगरपालिकाले झन्डै झन्डै काठमाडौंले जति नै बजेट प्राप्त गरेको छ । सरकारले पोखरा–लेखनाथलाई एक अर्ब ८२ करोड ५७ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकममध्ये एक अर्ब चार करोड १७ लाख ९८ हजार रुपैयाँ समानीकरणअन्तर्गत र ७८ करोड ३९ लाख ३१ हजार रुपैयाँ सशर्त अनुदानअन्तर्गत छ ।

भरतपुरलाई उल्लेख्य बजेट
चितवनस्थित भरतपुर महानगरपालिकाले एक अर्ब ३३ करोड २७ लाख चार हजार रुपैयाँ बजेट पाएको छ । वित्तीय समानीकरणअन्तर्गत ७९करोड ९७ लाख ९८ हजार तथा सशर्त अनुदानअन्तर्गत ५३ करोड २९ लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको हो ।

ललितपुरलाई सबैभन्दा कम
चार महानगरपालिकामध्ये सबैभन्दा कम बजेट ललितपुर महानगरपालिकाले पाएको छ । ललितपुर महानगरपालिकामा सरकारले ८४ करोड २० लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ । यो रकममध्ये ५६ करोड सात लाख ४७ हजार रुपैयाँ समानीकरणअन्तर्गत तथा २८ करोड १२ लाख ६३ हजार रुपैयाँ सशर्त अनुदानअन्तर्गत पठाइएको हो ।
नयाँ पत्रिकाबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको