Like us!
Follow us!
Connect us!
Watch us!
सरकारले भन्यो ‘उनन्तीस हजार किलोमिटर सडक निर्माण’

मुलुकभर नै यसरी फैलदैछ सडक सञ्जाल

सोमबार, १५ जेठ २०७४, १४ : ०४ मा प्रकाशित

मुलुकभर नै यसरी फैलदैछ सडक सञ्जाल

अर्थ संसार,काठमाडौँ चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २९ हजार १५७ किमी सडक निर्माण भएकोे छ । चालु आव २०७३/७४ को फागुन मसान्तसम्ममा कालोपत्र सडक १२ हजार ३०५ किमी, खण्डास्मित छ हजार ८६५ र कच्ची नौ हजार ९८७ किमी निर्माण भएको अर्थ मन्त्रालयले आज जारी गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

 स्थानीयस्तरमा सञ्चालन गरिने ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम, विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार आयोजना, ग्रामीण पहुँच कार्यक्रम, स्थानीयस्तरका सडक, पुल तथा सामुदायिक पहुँच सुधार कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रम, राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम र ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रमबाट समेत सडक निर्माण भएको छ ।

 स्थानीयस्तरमा सञ्चालन गरिएका विभिन्न पूर्वाधार विकास तथा कृषि सडकअन्तर्गतका जिल्ला सडक मुख्य सञ्जाल, सहरी सडक सञ्जाल र गाउँस्तरीय सडक सञ्जालका कालोपत्र, ग्राबेल र धुले/कच्ची सडक गरी प्रदेश नं १ मा ११ हजार ८३७, प्रदेश नं २ मा पाँच हजार ६९८, प्रदेश नं ३ मा १४ हजार ८४२, प्रदेश नं ४ मा १० हजार ९१९, प्रदेश नं ५ मा आठ हजार ५५१, प्रदेश नं ६ मा दुई हजार ५२७ र प्रदेश नं ७ मा तीन हजार ६२६ किमी सडक निर्माण भएको छ ।

 यसरी सातवटै प्रदेशमा सञ्जालतर्फ २५ हजार ७२८, सहरी सडकतर्फ ३६८, गाउँस्तरीय सडकतर्फ ३१ हजार ९०४ किमी सडक निर्माण सम्पन्न भएको सर्वेक्षणमा देखाइएको छ ।

 हिमाली क्षेत्रमा आठ हजार १४८, पहाडी क्षेत्रमा ३१ हजार ९८८ र तराई क्षेत्रमा १७ हजार ८६४ किमी सडक निर्माण भएको छ । फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको सङ्ख्या २६ लाख दुई हजार ९८६ पुगेको छ । गत आवको यही समयको तुलनामा ७८ प्रतिशत सवारीसाधन दर्तामा वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको