Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर महानगरपालिकामा कसले बाजी मार्ला ?

सोमबार, १५ जेठ २०७४, १० : ४७ मा प्रकाशित

भरतपुर महानगरपालिकामा कसले बाजी मार्ला ?

अर्थ संसार,
भरतपुर  सवैको चासोमा रहेको भरतपुर महानगरपालिकाको मेयर कुन पार्टीले बाजी मार्ला ? नेकपा एमालेले की नेकपा माओवादी केन्द्रले ? अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।

पहिलो देखि नेपाली कांग्रेसको  कव्जामा रहेको भरतपुर महानगरपालिकामामा माओवादसँग तालमेल गरी कांग्रेसले माओवादीबाट रेणु दाहाललाई उम्मेदवार गरेपछि झन चर्चा पाएको छ ।

पुरानो कार्यकर्ताले मेयरमा माओवादीलाई भोट हाले त ? अहिले जनमानसमा प्रश्नको विषय उठ्न थालेको छ । सत्तामा माओवादी र कांग्रेसको राम्रै गाँठो परिरहको बेला यता भरतपुरमा भने कार्याकर्ताले यो सम्बन्धलाई साथ नदिएको अवस्था देखिन्छ ।

प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) को छोरी रेणी दाहाललाई मेयरमा जिताउन नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई आह्वान समेत गरेको थियो । माओवादी र नेपाली कांग्रसले तालमेल  गरे पनि त्यसको सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी परेको देखिन्छ  ।

किन कि तालमेलको उम्मेदवारी रेणु दाहाल भन्दा  एमालेका उम्मेदवार देवी ज्ञवाली मतगणना सुरु देखि नै अगाडि लागि लागि रहेका छन्  । अहिले पनि ज्ञवालीले ७ सय भन्दा बढी मतले लिड गरको अवस्था छ । अव २० वडा मात्र गन्न बाँकी छ । अहिलेसम्म हेर्दा रेण भन्दा देवी जित नजिक देखिन्छ ।

आइतबार बेलुका माओवादी कार्याकर्ताले निर्वाचन अधिकृत पिसाव फेर्न गएको मौका पारी मत च्यातेका छन् । यो घट्नाले पनि आड्कल गर्न सकिन्छ ज्ञावली जितको नजिक पुगेपछि आवेगमा आएर माओवादीकै जिम्मेवार व्यक्तिले यस्तो कार्य गरेका छन् । मत पत्र च्यातिएपछि अहिले मतगणना स्थगित गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको