अर्थ संसार,
भरतपुर माओवादी केन्द्रले हार्ने निश्चित भएपछि चितवनको भरतपुर महानगरपालिकामा माओवादी कार्यकर्ताले निर्वाचन अधिकृत पिसाव फर्न गएको बेलामा मतपत्र च्यातेका छन् । मतपत्र च्यातेपछि यहाँको मतगणन रोकिएको छ ।
भरतपुर महानगर वडा नम्वर १९ को मतगणना चल्दै गर्दा मतपरिणाम आफु अनुकुल नभएपछि माओवादी कार्यकर्ताले एक्कासी मतपत्र च्यातेका थिए ।
माओवादी भातृ संगठन वाइसियल जिल्ला इन्चार्ज मधु न्यौपाने र माओवादी केन्द्रका जिल्ला नेता द्रोणवावु सिवाकोटीले मतपत्र च्यातेका थिए । मधु न्यौपानेलाई गिरफ्तार गरे पश्चात पुनः माओवादी केन्द्रका जिल्ला नेता सिवाकोटीले दोस्रो पटक मतपत्र च्यातेका थिए ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘ म पिसाव फेर्न गएको बेलमा मतपत्र च्यातियो ’ निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरी भने ‘ समिति बनाउँछौ र दोषीलाई कारबाही गर्छाै । ’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस