Like us!
Follow us!
Connect us!
Watch us!

‘गणतन्त्र दिवसले शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा मिलोस्’

आइतबार, १४ जेठ २०७४, २२ : १८ मा प्रकाशित

‘गणतन्त्र दिवसले शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा मिलोस्’

अर्थ संसार, काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । 

राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रको स्थापनाका लागि पटक÷पटक भएका आन्दोलन तथा विभिन्न आरोह÷अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज नवौँ वर्ष पूरा भएको बताउनुभएको छ । उहाँले दशौँ गणतन्त्र दिवसको अवसरमा हाम्रा सम्पूर्ण ज्ञात÷अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

सन्देशमा भनिएको छ, “सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभै जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन जरुरी छ ।” 

नयाँ संविधानमार्फत लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासनप्रणाली स्थापित तथा संस्थागत गरिसकेपछि अब लोकतान्त्रिक सोच, संस्कार, व्यवहार र कार्यशैलीमार्फत मुलुकको आर्थिक सामाजिक समृद्धिको यात्रा प्रारम्भ गरी आमजनतालाई राजनीतिक स्वतन्त्रता र अधिकारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसमेत प्रत्याभूत गर्नुपर्ने बेला भएकामा राष्ट्रपतिले जोड दिनुभएको छ । 

हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनले लोकतन्त्रको जगलाई मजबुद र संस्थागत गर्न मद्धत पु¥याएको तथा अब हुन गइरहेको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने आफूले विश्वास लिएको सन्देशमा उल्लेख छ । 

सन्देशमा भनिएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएपछि सुशासन, द्रुततर आर्थिक सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा तथा सहिदका सपना साकार पार्नु हामी सबैको सामूहिक दायित्व र कर्तव्य बनेको छ । यसका लागि हिजो सङ्घर्षका दिनमा जस्तै हामी सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक छ ।” रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको