Like us!
Follow us!
Connect us!
Watch us!

इतिहास र समाज कसरी जोडिन्छ ?

आइतबार, १४ जेठ २०७४, १७ : ११ मा प्रकाशित

इतिहास र समाज कसरी जोडिन्छ ?

अर्थ संसार
काठमाडौं –इतिहास र समाज कसरी जोडिएको छ ? भन्ने बिषयमा  आज एक दिने सेमिनार सम्पन्न भएको छ । काठमाडौ त्रिभुवन युनिर्भसिटीका प्राध्यापक चैतन्य मिश्रको अध्यक्षतामा सेमिनार त्रिभूवन युनिर्भसिटीमा सम्पन्न भएको हो । सामाजिक बिज्ञान प्रतिस्ठान, नेपाल– एसिया अध्यन केन्द्र, समाजशास्त्रको केन्द्रिय बिभाग र इतिहास बिषय केन्द्रिय बिभागको आयोजनामा गरेको थियो । 

‘इतिहास भनेकै समाजको इतिहास हो ।’ समाजशास्त्रका  सह–प्राध्यापक डा. टीकाराम गौतमले भन्नुभयोे – ‘समाजको बिभिन्न चरणको बिकाससंग मानव विकासको मानबिय अन्तरक्रिया र अन्तर सम्बन्धको इतिहास जोडिएको हुन्छ । इतिहास र समाजको अन्योन्यनश्रीत सम्बन्ध जोडिएको हुन्छ ।’

उक्त सेमिनरमा मानविकी तथा सामाजिक शास्त्र संकायका डीन, मानविकी तथा सामाजिक शास्त्र संकायका  साहायक डीन र त्रिभुवन युनिर्भसिटीका प्राध्यापक प्राध्यापक  मिश्रले  प्रमुख आतिथ्य ग्रहण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्राध्यापक मिश्रले इतिहासको समग्र बुझाईको बारेमा छलफल गर्नु भएको थियो भने  नेवारी समाज बौद्धिक इतिहासको बारेमा  शंकर थापाले छलफल गर्नु भएको थियो । यसैगरी प्राध्यापक नारद भारद्धाजले १९९० पछिको जनजाति आन्दोलनको इतिहास र सुरेस केसीले इतिहासको बुझाई र स्नाकोत्तर तहको पाठ्यक्रम को बिषयलाई लिएर छलफल गर्नु भएको थियो ।

यस गोष्ठीमा विदेशी प्राध्यापक डेभिड सेडान पनि सहभागी हुनु भएको थियो ।उहाँले पनि समाज बुभ्न इतिहासको महत्व रहेको र मौखिक इतिहास बुभ्न नयाँ प्रबिधी अडियो भिजुअल रेर्कड पनि उपयोग गर्नु पर्ने जानकारी गराउनुभयो । यस गोष्ठीमा महिला प्राध्यापक सन्ध्या वस्नेत, प्रधाध्यपाक समीरा लुइटेल र प्राधाध्यपक विन्दु पाख्रेलले समाज वुभ्न इतिहासको महत्व रहेको बताउनु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको