Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक सर्वेक्षणः २३ संस्थान नाफामा र १२ नोक्सानीमा

आइतबार, १४ जेठ २०७४, १४ : ४२ मा प्रकाशित

आर्थिक सर्वेक्षणः २३ संस्थान नाफामा र १२ नोक्सानीमा

अर्थ संसार, काठमाडौँ– अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसद्को आजको बैठकमा आव २०७४/७५ को आर्थिक सर्वेक्षण, आव २०७३/७४ को मन्त्रालयगत प्रगति विवरण र सार्वजनिक संस्थान वार्षिक समीक्षा पेस गरेका छन् । 

सर्वेक्षणमा आव २०७३÷७४ मा आर्थिक वृद्धि उत्साहजनक रहेको उल्लेख छ । त्यस्तै अनुकूल मौसम, सरकारको पँुजिगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन र लगानीको वातावरणमा सुधार भएकाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ६।९४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । 

त्यस्तै मन्त्रालयगत प्रगति विवरणमा चालु आव २०७३÷७४ को चैत मसान्तसम्मको विनियोजित बजेट एवम् खर्चको विवरण तथा २०७३ फागुन मसान्तसम्म सम्पादन भएका महत्वपूर्ण कार्य र बजेट वक्तव्यमा उल्लिखित नीति तथा कार्यक्रमको प्रगति समीक्षा प्रस्तुत गरिएको छ । संस्थानको वार्षिक समीक्षासम्बन्धी विवरणमा आव २०७२/७३ मा सञ्चालनमा रहेका ३५ संस्थानमध्ये २३ नाफामा र १२ नोक्सानीमा रहेको उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको