Like us!
Follow us!
Connect us!
Watch us!
हेनुहोस्, यहाँबाट आवेदन दिन सकिन्छ

आजदेखि छ्याङ्दी हाइड्रोको साढे ५ लाख कित्ता सेयर निष्काशन

आइतबार, १४ जेठ २०७४, १२ : १४ मा प्रकाशित

आजदेखि छ्याङ्दी हाइड्रोको साढे ५ लाख कित्ता सेयर निष्काशन

अर्थ संसार, काठमाडौं  सेयर लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) आज देखि  खुल्ला  गरिएको छ ।  

कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा ५ करोड ४० लाख रुपैयाँको पाँच लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

जेठ १४ (आज)  गतेबाट बिक्री खुला भएको कम्पनीको आइपिओमा लगानीकर्ताले छिटोमा जेठ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले ५० कित्ता ५ हजार रुपैयाँ देखि अधिकतम २७ सय कित्ता दुई लाख ७० हजार रुपैयाँ सम्म आवेदन गर्न पाइनेछ । 

पाँच लाख ४० हजार कित्तामध्ये यसअघि १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिसकेको कम्पनीको शेयरमा सर्वसाधारण लगानीकर्ताले पाँच लाख २६ हजार ५ सय कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आवेदन दिने स्थानहरु

आइपिओमा आस्बाबाट आवेदन दिने लगानीकर्ताले आस्बा सेवा उपलब्ध गराएका बैंक तथा वित्तीय संस्था र आस्बा बाहेक नियमित तरिकाले आवेदन  दिनेले ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसीएम मर्चेन्ट, क्यापिटल लिमिटेडहरु एनआईसी, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको