Like us!
Follow us!
Connect us!
Watch us!

जनतासँग गाभिन बाटो खुल्यो सिद्धार्थलाई

आइतबार, १४ जेठ २०७४, ११ : ०४ मा प्रकाशित

जनतासँग गाभिन बाटो खुल्यो सिद्धार्थलाई

अर्थ संसार,
काठमाडौं – जनता बैंकले सिद्धार्थ  डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने बिषयको टुङ्गो लागेको छ  । सिद्धार्थ डेभलप्मेन्ट बैंकको बिशेष साधरणसभाले जनता बैंकसंग एक्जिविसनमा जाने प्रस्तावलाई औपचारिक रुपमा स्वीकृति प्रदान गरेपछि जनता बैंकसंग एक हुने बाटो खुलेको हो ।

हालैमात्र त्रिवेणी बिकास बैंकलाई गाभेको जनता बैकले सिद्धार्थ डेभलपमेन्ट  बैकलाई १.१ को स्वाप रेसियोमा एक्जिविसन गर्ने भएको छ ।

बर्तमान अबस्थामा सिद्धार्थको चुक्ता पुंजी एक अर्ब ४१ करोड रहेपनि सो बिकास बैंकले ६० प्रतिशत दकप्रद जारी गरेर चुक्ता पुजी दुई अर्ब २५ करोड ६० लाख पुर्याएको छ ।

जनता बैंकको हालको चुक्ता पुंजी चार अर्ब ६४ करोडरहेको छ  भने त्यसमा सिद्धार्थ किन्दा जनताको पुंंंजी ६ अर्ब ८९ करोड ६० लाख पुग्नेछ ।

चालु आर्थिक बर्षको अन्तमा नेपाल रास्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउनका लागी जनताले थप एक अर्ब १० करोड ४० लाख रुपैया थप्नुपर्ने देखिएको छ । त्यसका लागि बैंकले चालु आर्थिक बर्षको मुनाफाबाट बोनस सेयर दिने वा अन्य कुनै बिकल्प अपनाउनु  सक्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको