Like us!
Follow us!
Connect us!
Watch us!

इमाडोलमा ग्यास परीक्षण गर्दै सरकार, मन्त्रिसहितको टोली स्थलगत अध्ययनमा

शुक्रबार, ०५ कार्तिक २०७३, १२ : ५७ मा प्रकाशित

इमाडोलमा ग्यास परीक्षण गर्दै सरकार, मन्त्रिसहितको टोली स्थलगत अध्ययनमा


अर्थ संसार
काठमाडौं–ललितपुरको इमाडोलमा भेटिएको ग्यासको सरकारले शुक्रबार परिक्षण गर्ने भएको छ । इमाडोलमा मिथेन ग्यास खानीको सम्भावना रहेको भन्दै लामो समयदेखि कुरा उठे पनि ठोस प्रक्रिया अघि वढ्न सकेको थिएन । 

इमाडोलमा रहेको भनिएको ग्यासको उत्खननको संभावना र प्रयोग गर्न सकिने आधारबारे परिक्षण गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।  ग्यास उत्खननसम्वन्धी परिक्षण गर्न मन्त्री जोशीसहितको सरकारी टोली दिउँसो त्यसतर्फ जाने भएको छ ।

पूर्वप्रधानमन्त्री केपी ओलीको पालामा इमाडोलमा रहेको ग्यास खानीको उत्खननबारे कुरा उठेपनि प्रक्रिया भने अहिले शुरु भएको हो । सन् १९८० ताका जापानी सहयोग नियोग ९जाईका० ले ललितपुरको इमाडोलमा ग्यास खानी रहेको प्रतिवेदन दिएको थियो ।

त्यसको साढे ३ दशकभन्दा वढी समयसम्म उत्थखनन प्रक्रियाले मुर्त रुप लिन सकेको छैन । पछिल्लो समय अव्यबस्थित ढल निर्माण र बोरिङका कारण बाह्य श्रोतमा समेत ग्यास मिसिने गरेको खानी विभागका महानिर्देशक राजेन्द्र खानालले जानकारी दिए । 

इमाडोल आसपासका क्षेत्रमा रहेका ग्यासका खानीको अन्य श्रोतसमेत पहिचान गरी भण्डारणको व्यवस्था गर्न सरकारले तत्काल पहल थाल्ने खनालले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको