Like us!
Follow us!
Connect us!
Watch us!

सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढौँ

शनिबार, १३ जेठ २०७४, २० : ११ मा प्रकाशित

सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढौँ

अर्थ संसार, 

पोखरा  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढ्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ । 

नेकपा (एमाले) पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीको आयोजनामा आज पोखराको अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म सहमतिको वातावरणको विकल्प नभएको धारणा राख्नुभयो । 

देशबाट गरिबी र पछौटेपन हटाउने, रोजगारीका अवसर सिर्जना गर्ने, जनतालाई समृद्धशाली र सुखी बनाउने सबैको एकमात्र लक्ष्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सहमतिको वातावरण बने पनि एमालेले नेतृत्वको दाबी नगर्ने जिकिर गर्नुभयो । 

एमाले अध्यक्ष ओलीले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने राज्यको गहन दायित्वलाई मनन गरी राष्ट्रिय जनता पार्टीलाई सधैँभरि निहुँ नखोजी निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । निर्वाचनपछि पनि जायज माग भए छलफल गरेर सम्बोधन गर्न सकिने उहाँको भनाइ थियो । 

एमालेविरुद्ध चारैतिरबाट घेराबन्दी गरिए पनि आमनेपाली जनताले एमालेप्रति विश्वास गरेर विजयी गराएका र निर्वाचित जनप्रतिनिधिले जनताको विश्वास र भरोसालाई मनन गरी इमान्दारीका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पोखरा–लेखनाथ महानगरलाई भ्रष्टाचारमुक्त र आधुनिक सहर बनाउने गरी काम गर्न आग्रह गर्नुभयो । 

नवनिर्वाचित महानगर प्रमुख मानबहादुर जिसीले महानगरवासीले विश्वासका साथ सुम्पेको जिम्मेवारी इमान्दारीका साथ पुरा गर्ने प्रण गर्नुभयो । तीन वर्षभित्र महानगरका सबै वडामा कालोपत्रे, खानेपानीको व्यवस्था गर्ने बताउँदै उहाँले महानगरमा निर्वाचित भएपछि अब आपूm सबैको साझा भएकाले सबै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समेटेरअघि बढ्ने धारणा राख्नुभयो । 

नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरलाई सफा, सुन्दर र समृद्ध बनाउन सबैसँग एकताबद्ध भएर अघि बढ्ने विचार व्यक्त गर्नुभयो । पूर्व मन्त्रीद्वय खगराज अधिकारी र किरण गुरुङले पार्टी एकढिक्का भएर अघि बढेकाले नै एमालेलाई सफलता मिलेको बताउनुभयो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको