Like us!
Follow us!
Connect us!
Watch us!
५ अर्ब ६७ करोड १६ लाख उठन बाँकी

यस्ता छन् समस्याग्रस्त नौ वित्तिय संस्था

शनिबार, १३ जेठ २०७४, १३ : ४२ मा प्रकाशित

यस्ता छन् समस्याग्रस्त नौ वित्तिय संस्था

अर्थ संसार,
काठमाडौं - नेपाल राष्ट्र बैंकले वित्तीय अनुसाशन पालना नगरेको भन्दै हालसम्म विभिन्न नौ वटा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

वित्तीय अनुशासन पालना नगर्दा गम्भीर संकटमा परेका ती वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोेषणा गरी वित्तीय कारोबारमा समेत रोक लगाएको छ ।

समस्याग्रस्त यी वित्तीय संस्थाले निक्षेप परिचालन गर्न र अन्य वित्तीय कारोबार गर्न केन्द्रीय बैंकले बन्देज लगाएको छ । लामो समयदेखि समस्याग्रस्त भएपनि सुधार हुन नसक्दा केन्द्रीय बैंकले ती संस्था र निकायको कारोबार फुकुवा समेत गरेको छैन ।

केन्द्रीय बैंककाअनुसार हालसम्म नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेड, क्रिष्टल फाइनान्स लिमिटेड, कुवेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्स लिमिटेड समस्याग्रस्त रहेका छन् । 

नेपाल सेयर मार्केट्स ०६८ पुस २८, क्रिष्टल ०६९ असोज ७ गते, कुबेर ०६९ पुस २३ गते, क्यापिटल ०६९ माघ ९, वल्र्ड ०७० बैशाख १३, नारायणी ०७० चैत २७, नेपाल फाइनान्स ०७१ मंसिर १७, कर्पोरेट ०७१ पुस ४, कर्पोरेट ०७१ चैत १६ गते समस्याग्रस्त घोषणा भएको केन्द्रीय बैंकले जनाएको छ ।

 समस्याग्रस्त घोषणा भएको संस्थाका वित्तीय अवस्था नाजुक रहेको छ । व्यवस्थापकीय कमजोरीका कारण ती संस्था समस्याग्रस्त भएका हुन् । समस्याग्रस्त गराउने सञ्चालक र व्यवस्थापक माथि कारवाही समेत गरिएको छ ।   

समस्याग्रस्त ती  संस्थाबाट अझै रु ५ अर्ब ६७ करोड १६ लाख कर्जा असुली हुन बाँकी छ । यस्तै रु दुई अर्ब ५० करोड बढी रकम सर्वसाधारणको निक्षेप समेत ती संस्थामा डम्प भएर बसेको छ ।

ती संस्थाको तरलताको अवस्था रु ५४ करोड २९ लाख रहेको छ । यी वित्तीय संस्थाको खराब कर्जा ९७.५९ प्रतिशत छ । चुक्तापुँजी रु २ अर्ब १४ करोड ९६ लाख छ ।

समस्याग्रस्त जनरल फाइनान्स लिमिटेड र अरुण फाइनान्स लिमिटेडलाई नयाँ व्यवस्थापनले खरिद गरी सञ्चालनमा ल्याइसकेका छन् । ती दुई निकाय भने नियमित कारोबारमा रहेका कारण सहज भएको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

बैंकको रणनीति : ग्राहक तान्न धमाधम निःशुल्क आस्वा सेवा 

निजामति कर्मचारीको लगानीमा ५०० मेगावाटको जलविद्युत् आयोजना बनाउने प्रस्ताव 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको