Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको रणनीति : ग्राहक तान्न धमाधम निःशुल्क आस्वा सेवा

शनिबार, १३ जेठ २०७४, ०९ : ०५ मा प्रकाशित

बैंकको रणनीति :  ग्राहक तान्न धमाधम निःशुल्क आस्वा सेवा

अर्थ संसार 
काठमाडौ  ग्राहक  तान्न हिजोआज बैंकहरुले निःशुल्क आस्वा प्राणली ( धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताको बैंक खातामा खरिद गर्न चाहेको रकम रोक्का गर्ने प्रणाली) ह्वात्तै बढेको छ ।

यसबाट लगानीकर्ता पनि प्रत्यक्ष रुपमा लाभान्वित हुन थालेको छन् । आस्वा प्रणाली निःशुल्क  सेवा प्रदान गर्ने  बैंकहरुमा बैंक अफ काठमाडू लिमिटेड, एनआइसी एसिया बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनसीसी बैंक, सिभिल बैंक, नेपाल बङगलादेश बैंक, ओम डेभलपमेन्ट बैंक् र माछापुच्छे बैंक आदि रहेका छन् । 

प्रारम्भिक अवस्थामा आस्वा प्रणालीमा प्रतिदरखास्त २५० रुपियाँसम्म सेवा शुल्क लिने सक्ने व्यवस्था रहेकोमा आस्वासम्बन्धी निर्देशकामा संशोधन गरी बोर्डले लिने शुल्क समेत हटाई प्रतिदरखास्ता बढीमा एक सय रुपैयाँ मात्र शुल्क लिन पाउने व्यवस्था गरे पनि शुल्कक घटाई लिने बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा देखिएको छ ।

अधिकांशले संस्थाले सेवा शुल्क रु १०/२५ कायम गरेको छन् भने केही संस्थाले भने केही महिना निक्षेप आफ्नै संस्थामा व्लक भएर रहने लोभमा निशुल्कसमेत गरेका छन् । 
बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहक अरुतिर नभागुन भनेर धमाधम आस्वा निशुल्क सेवा दिन थालेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको