Like us!
Follow us!
Connect us!
Watch us!
पाँच कम्पनीको ९१ लाख भन्दा बढी कित्ता बनोस सेयर सूचिकृत

नेप्सेमा धमाधम बोनस सेयर सुचिकृत

शुक्रबार, १२ जेठ २०७४, १२ : ३२ मा प्रकाशित

नेप्सेमा धमाधम बोनस सेयर सुचिकृत


अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्चेन्ज (नेप्से)मा  धमाधम बोन सेयर सूचिकृत  हुन थालेको छ । आज  एकैदिन ५ कम्पनीको ९१ लाख ४४ हजार ४ सय ९१ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको  हो । 

मिथिला लघुवित्त विकास बैंक लिमिटेड

नेप्सेमा आज मिथिला लघुवित्त विकास बैंक ६४ हजार ५ सय १ दशमलव २० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

रुलर माईक्रोफाइनान्स डेभलपमेण्ट सेन्टर लिमिटेड

रुलर माईक्रोफाइनान्स डेभलपमेण्ट सेन्टर लिमिटेडको ६ लाख २९ हजार २०० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ५६ लाख ८० हजार ३ सय ९१ दशमलव २९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १३ लाख ४२ हजार ६ सय ५५ दशमलव ४० कित्ता बोनस शेयर आज सूचिकृत भएको नेप्सेले जनाएको छ ।

कामना विकास बैंक लिमिटेड

कामना विकास बैंक लिमिटेडको १४ लाख २७ हजार ७ सय ४३ दशमलव ३० कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको