Like us!
Follow us!
Connect us!
Watch us!

सर्पले डसेर ११ बर्षिय बालिकाको मृत्यु

विहीबार, ११ जेठ २०७४, १६ : ५८ मा प्रकाशित

सर्पले डसेर ११ बर्षिय बालिकाको मृत्यु

अर्थ संसार, राजविराज–विषालु गोमन सर्पको डसाइबाट आज यहाँ एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको कृष्णवरण गाउँपालिका–४ निवासी बेचन यादवकी ११ वर्षीया छोरी ज्ञानीकुमारी यादव रहेको इलाका प्रहरी कार्यालय, मोहुलीले जनाएको छ । 

आज बिहान आफ्नै घर अगाडि आँगन बढार्ने क्रममा बालिकालाई सर्पले डसेको थियो । 

सर्पको डसाइबाट गम्भीर अवस्थामा पुगेकी उनको विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिप्रकाले जनाएको छ । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको