कम्पनीको हालको अधिकृत पूँजी रु. पाँच अर्ब रहेको छ भने जारी पूँजी रु. तीन अर्ब र चुक्ता पूँजी रु. एक अर्ब पाँच करोड पुगेको छ । कम्पनीको चुक्ता पूँजी मध्ये रु.६० करोड संस्थापक शेयरधनी, रु. १० करोड स्थानिय जनता तथा रु.३० करोड सर्बसाधारण, सामुहिक लगानी कोष तथा कर्मचारीको लगानी रहेको छ ।
माथिल्लो नौगाड जलविद्युत आयोजनाको निमार्णको कुल लागत रु.एक अर्ब ४४ करोड हुने अनुमान छ । यस आयोजनाका लागी बैंक ऋण रु.एक अर्ब तथा शेयरधनीबाट रु ४४ करोड लगानी हुनेछ । बैंक ऋण मध्य नेपाल एसविआई. बाट रु.५५ करोड प्रभु वैंक वाट रु.४५ करोड लागत गर्ने गरी सम्झौता भएको छ ।
नेपाल सरकारले विद्युत संकट निरुपण कार्ययोजना अन्तर्गत देशका विभिन्न भागमा शौर्य शक्ति तथा हावा बाट विजुली उत्पादन गर्ने नीति लिएको छ ।
सौर्य उर्जाबाट दिउँसोको समयमा मात्र विद्युत उत्पादन भई ग्रिडमा आपुर्ति हुन्छ । एक मेगावाट क्षमताको सोलार प्लान्ट जडानका लागी ३ विघा जमिनको आवश्यकता पर्दछ । यस्तो जमिन खरिद गरेर अथवा लिजमा लिएर तथा तराईमा सरकारी जग्गा प्राप्त गरेर काम गर्न सकिने संभाव्यता रहेको छ ।
यो अध्ययन पुरा गरी विद्युत खरीद सम्झौता पुरा गरेर आयोजना निर्माण गर्ने लक्ष्य लिएर काम गरिरहेका छौं । सुदुर पश्चिमाञ्चलमा निमार्णाधिन अत्तरिया बलाच १३२ केभि ट्रान्समिशनलाईन आयोजनाको दोश्रो सर्किटमा लाईन तान्ने काम सम्पन्न भएपछि कम्पनीले यो आयोजनाको निर्माणको काम सुरु गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस