Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

विहीबार, ११ जेठ २०७४, ०८ : ५४ मा प्रकाशित

गरिमा विकास बैंकले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

अर्थ संसार,

बेनी (म्याग्दी) - गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मङ्गला गाउँपालिकाको मङ्गला शिक्षा क्याम्पस र धवलागिरि गाउँपालिकाको मुनामा रहेको धनजनता माविमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

जेठ महिनाभर चारै विद्यालयमा एक दिवसीय वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको गरिमा विकास बंैक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यार्थीका अतिरिक्त, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र नवनिर्वाचित जनप्रतिनिधीलाई समावेश गरिनेछ । 

कार्यक्रममा बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधाका बारेमा बैंकका विभिन्न विभागमा कार्यरत उच्च अधिकृतले प्रशिक्षण दिने बताइएको छ । म्याग्दी जिल्लामा बेनीसहित दरबाङ, भुरुङतातोपानी र बाबियाचौरमा शाखा रहेको बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको