Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा एमालेको ५३ प्रतिशत वर्चश्व, ०५४ को निर्वाचनभन्दा सुदृढ

विहीबार, ११ जेठ २०७४, ०७ : ३१ मा प्रकाशित

उपत्यकामा एमालेको ५३ प्रतिशत वर्चश्व, ०५४ को निर्वाचनभन्दा सुदृढ

अर्थ संसार, 

काठमाडौं उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ । घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेर अग्रता कायम गरेको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकामा एमालेले १० स्थानीय तहमा प्रमुख पद जितेको छ । प्रतिशतका आधारमा यो संख्या ५२।६ हो । उसले ११ स्थानमा उपप्रमुख जितेको छ, जुन घोषणा भएका तहमध्ये ५७।८९ प्रतिशतले अघि हो । अर्थात् एमालेले उपत्यकाभित्र प्रमुखमा ५२।६ र उपप्रमुखमा ५७।८९ प्रतिशत वर्चश्व कायम गर्न सफल भएको छ ।

उपत्यकामा एमाले ०५४ को स्थानीय निर्वाचनभन्दा सुदृढ
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलका अनुसार उपत्यकामा अहिले प्राप्त मत ०५४ को स्थानीय निकाय निर्वाचनको भन्दा राम्रो हो । राष्ट्रिय स्वाभिमान र समृद्धिको पक्षमा लिएको दृढताका कारण एमाले जबर्जस्त अघि आएको उनको तर्क छ ।

‘राष्ट्रियताको पक्षमा एमालेले दृढताका साथ आफूलाई उभ्यायो । विकास निर्माणमा एमालेले सारेको एजेन्डा स्पष्ट थिए, यसलाई उपत्यकावासीले मन पराए । निर्वाचनको परिणाम यसैको प्रतिबिम्ब हो,’ उनले भने ।

६ स्थानीय तहमा कांग्रेसको जित
कांग्रेसले घोषणा भएका तहमध्ये ६ स्थानमा मात्रै प्रमुख जितेको छ । उपप्रमुख भने पाँच स्थानमा जितेको छ । अर्थात् कांग्रेसले घोषणा भएकामध्ये ३३।३ प्रतिशत तहमा प्रमुख जितेको छ । उपप्रमुख भने २७।७ प्रतिशत मात्रै जित्न सफल भएको छ ।

उपत्यकामा माओवादी केन्द्रको स्थिति निकै नाजुक
काठमाडौं उपत्यकामा वर्चश्व कायम गर्ने मामिलामा सत्ताको नेतृत्व गरेको दल माओवादी केन्द्र निकै पछि परेको छ । माओवादी केन्द्रले एक स्थानीय तहमा मात्रै प्रमुख र उपप्रमुख जित्न सकेको छ । अर्थात् माओवादीले उपत्यकामा ५-५ प्रतिशत स्थानमा मात्रै आफ्नो वर्चश्व कायम गर्न सकेको छ । माओवादी केन्द्रका अनुसार चुनावप्रतिको अन्योलता र एकांकी नेतृत्वका कारण परिणाम नाकारात्मक आएको नेताहरूको भनाइ छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले उपयुक्त उम्मेदवार चयन गर्न नसक्नु र सरकारको काम जनतामा लग्न नसकिएकाले काठमाडौं उपत्यकामा पार्टीले चुनाव हार्न पुगेको बताए । ‘पहिलो त चुनाव हुने कि नहुने भन्ने अन्योलबीच हामी निर्वाचनमा गयौँ । यसको असर चुनावमा पर्यो । कार्यकर्ताबीच नेतत्व पुग्नै सकिएन । सरकारको उपलब्धि जनतासम्म लैजान सकिएन । नेतृत्व एकांकी बन्यो । यसको असर चुनाव पर्यो,’ उनले भने ।

भक्तपुरमा नेमकिपाको वर्चश्व कायमै
नेपाल मजदुर किसान पार्टीले उपत्यकाको भक्तपुरमा वर्चश्व कायम राख्न सफल भएको छ । भक्तपुरबाहेकका जिल्लामा नेमकिपाले खासै जित्न सकेन । उसले उपत्यकामा एक स्थानीय तहको प्रमुख र उपप्रमुख जित्न सकेको छ । चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको संयुक्त प्यानल, लोकतान्त्रिक फोरम, राष्ट्रिय जनमोर्चाको काठमाडौं उपत्यकामा स्थिति निकै नाजुक देखिएको छ ।

नयाँ पत्रिकाबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको