Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको दक्षिणा जम्मा गर्नुस्, ९ गतेदेखि आउँदैछ अरुण काबेलीको सेयर, कहाँकहाँ भर्न पाइन्छ  ?

विहीबार, ०४ कार्तिक २०७३, १६ : ५९ मा प्रकाशित

दशैंको दक्षिणा जम्मा गर्नुस्, ९ गतेदेखि आउँदैछ अरुण काबेलीको सेयर, कहाँकहाँ भर्न पाइन्छ  ?


अर्थ संसार
काठमाडौं–सेयरमा लगानी गर्न इच्छुक हुनु हुन्छ रु अरुण कबेली पावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागी आगामी कातिक ९ गतेदेखि १ सय रुपैयाँ दरको  ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्दैछ । उक्त कम्पनीको साधारण सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथली र सिद्धार्थ बैंकका शाखाहरुमा फारम भर्न सकिने छ ।  सिद्धार्थ क्यापिटलको कार्यालय र अरुण काबेलीको कार्यालयमा एकाउन्टपेयी चेक मात्र लिने ब्यवस्था छ । 

अरुण भ्याली हाईड्रोपावर डेभपलमेण्ट कम्पनी लिमिटेडले सहायक कम्पनीका रुपमा अरुण काबेली पावर लिमिटेड स्थापना गरेको हो । अरुण भ्यालीले संखुवासभा जिल्लाको चैनपुर र मादी राम्बेनीबीच भई बहने पिलुवाखोलाको पानी उपयोग गरी ३ मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजनाको निर्माण गरेर व्यबसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ । अरुण भ्यालीले पिलुवाखोलापछि २।४ मेगावाट क्षमताको रिडिखोला आयोजनाको निर्माण गरेको छ ।

यस कम्पनीको एकल शेयर स्वामित्वमा अरुण काबेली पावर लिमिटेड नाम कम्पनी स्थापना गरि पाँचथरमा बहने काबेली नदीमा २५ मेगावाट क्षमताको जलविद्युुत परियोजना निर्माण गरिरहेको छ । अरुण भ्यालीले काबेली बि १ आयोजनाको टलरेसमा १० मेगावाट क्षमताको काबेली क्यासकेड नामक आयोजनाको सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी बाह्य सल्लाहकारमार्फत संभाव्यता अध्ययन गर्ने कार्य गरिरहेको छ । आगामी वर्ष यस १० मेगावाट क्षमताको आयोजनाको पनि निर्माण सुरु हुनेछ ।
 
आयोजनाको विद्युत बिक्रीबाट कम्पनीले पहिलो वर्ष ७६.२ करोड आय प्राप्त गर्ने प्रक्षेपण गरेको छ । यति आयमा पहिलो ५ वर्ष वार्षिक ३ प्रतिशतका दरले थप आय प्राप्त हुने कम्पनीको दावी छ । यस आयबाट परियोजना निर्माणका लागि लिएको बैंक ऋणको सावाँ तथा तथा व्याज भुक्तान गरी बचेको रकमबाट शेयरधनीहरुलाई नगद लाभांश उपलव्ध गराइने कम्पनीले जनाएको छ । 

जलविद्युत आयोजना निर्माणमा जनताको व्यापक सहभागीता बढाई कार्य गर्ने कम्पनीको नीतिअनुसार कम्पनी दर्ता गर्नु अघि संस्थागत शेयरमा लगानी माग गरिएको थियो । जसअनुसार कम्पनीमा १ हजार ९ सय १३ जना संस्थापक शेयरधनी छन् । त्यस्तै  स्थानीय बासिन्दाका लागि वितरण गरिएको सेयरअनुसार पाँचथर र ताप्लेजुङमा गरी १४ हजार ६ सय ७३ जना सेयरधनी छन् । संस्थापक र स्थानीय शेयरधनीसमेत गरी १६ हजार ५ सय ८६ जना शेयरधनी अहिले कम्पनीमा छन् । 

कम्पनीको चुक्ता पूँजी  १५० करोड छ । यसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट  १०५ करोड (७० प्रतिशत) लगानी भएको छ । यो संस्थाक शेयरमध्ये अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी र संचालकहरुको तर्फबाट ६५ करोड  र अन्य लगानीकर्ताहरुको ४० करोड रुपैयाँ रहेको छ । 

परियोजना प्रभावित स्थानीय जनताको (पाँचथर र ताप्लेजुंग) १५ करोड गरी जम्मा  १२० करोड चुक्ता भईसकेको छ । बाँकी ३० करोड रुपैयाँको लागी आगामी कतिक ९ गतेदेखि सेयर निस्कासन खुल्ला हुने कम्पनीले जनाएको छ । शेयर निष्काशन र वितरण सम्बन्धि कार्य गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । 

यो पनि पढ्नुहोस् 

रोजगारीको सुनौलो अवसर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको