Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा लगातार सामान्य सुधार, कुनकुन कम्पनीले कमाए ?

बुधबार, १० जेठ २०७४, १५ : ५६ मा प्रकाशित

सेयर बजारमा लगातार सामान्य सुधार, कुनकुन कम्पनीले कमाए ?

दिनिता लामिछाने
काठमाडौं–गत सातादेखि लगातार घटिरहेको सेयर बजार बुधबार दोस्रो दिन लगातार केही सुधारिएको छ । यस दिन बजार ३ अंकले बढेको छ ।

यस दिन होटलबाहेक अरु सबै समुहमा हरियाली छाएको छ । बजारमा उत्पादन समुह ७.०७ अंकले, बैक २.४१ अंकले, बिकास बैक ४.३३., जलबिद्युत ४.०९ अंक, फाईनान्स १.५, अंक ईन्सुरेन्स २०.७३ र  अन्य २.६  अंकले बढेका छन् ।

होटल समुह भने १५.१ अंकले घटेको छ । यस दिन जम्मा १४८ वटा कम्पनीको १३ लाख ६६ हजार ७ सय ९१ कित्ता सेयर कित्ता किनबेच हुदा ६९ करोड ४४ लाख २६ हजार रुपैयाँको कारोबार भयो । 

यस दिन बजार पूँजीकरण १८ खर्ब ९८ अर्ब ९ करोडभन्दा बढी पूगेको छ । बजारमा बुधबार लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक, सिद्धार्थ बैंक, हिमालयन जनरल इन्स्योरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ लगायतका कम्पनीको उच्च कारोबार भएको छ ।

यस्तै आरएसडिसी लघुवित्त, हिमालयन डिस्टिलरी, नेशनल माइक्रोफाइनान्स, सिनर्जी फाइनान्सलगायतका कम्पनीको मूल्य उच्च दरमा बढेको छ ।

उता बरुण हाइड्रोपावर, अरुण फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंकलगायतको मूल्य उच्च दरमा घटेको छ ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको